Mastering Emergency Exits and Its Procedure for Safety

Mastering Emergency Exits and Its Procedure for Safety

एक वर्षअघि जापानको राजधानी टोकियोस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय त्रुटिका कारण जापान कोस्ट गार्ड (जेसीजी) को बमबार्डियर विमानसँग जापान एयरलायन्स (जेएएल) को यात्रुवाहक विमान ठोक्किएर भएको दुर्घटनालाई विश्वभरका सञ्चारमाध्यमले चमत्कार लेखे । 

२ जनवरी २०२४ मा सप्पोरो सहरबाट ३ सय ७९ यात्रु लिएर उडेको जापान एयरलायन्सको ५१६ उडान नम्बरको एयरबस ए–३५० विमान टोकियोमा साँझपख अवतरण गर्दै थियो । धावनमार्गको छेउमा उड्ने तरखरमा रहेको कोस्टगार्डको क्यानेडियन बमबार्डियर ड्यास–८ विमानसँग जापान एयरलायन्सको उक्त विमान ठोक्कियो । 

दुबै विमान आगलागीबाट ध्वस्त भए । भुकम्पका लागि राहत सामग्री बोकेको कोस्टगार्डको विमानका ६ जना चालकदलका सदस्यमध्ये ५ जनाले ज्यान गुमाए । 

तर, जापान एयरलायन्सको विमान आगोको लप्काले ध्वस्त हुनुअघि नै त्यसभित्र रहेका सबै यात्रुहरु सुरक्षित रुपमा बाहिर निकालिए । चालकदलका सदस्यहरुलाई पनि केही भएन। उद्धारका क्रममा यात्रुहरु सामान्य घाइते भए पनि कोही गम्भीर घाइते भएनन् । उनीहरुका ह्यान्डब्याग र लगेज भने खरानी भए । 

जापानको राजधानीको सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यो हवाई दुर्घटनालाई ‘चमत्कार’ भनिनुमा अनुभवी तथा सिपालु १२ सदस्यीय चालकदलका सदस्यले आपतकालीन अवस्थामा आत्मविश्वासका साथ निर्वाह गरेको भूमिका अनि यात्रुहरुको अनुशासन मुख्य थियो ।

‘हानेदा विमानस्थलमा भएको घटनालाई धेरैले चमत्कार भनेका छन्,’ अमेरिकाबाट प्रकाशित न्युयोर्क टाइम्सले लेखेको छ, जसलाई सफल बनाउन धेरै कारक तङ्खवहरुको भूमिका रह्यो । १२ सदस्यीय प्रशिक्षित चालकदल, १२ हजार घण्टा उडान अनभुव भएका अनुभवी पाइलट, आधुनिक विमान डिजाइन र उद्धार सामग्री पनि हुन् । तर आपतकालीन प्रक्रियाका क्रममा जहाजमा रहेका यात्रुहरुमा देखिएको धैर्य र संयमले सम्भवतः सबैभन्दा ठुलो मद्दत पुर्‍यायो। ATR Emergency Exit Door

विमान ठोक्किएपछि जहाजमा पखेटा, इन्जिन हुँदै आगोले पुरै जहाज सल्कायो । तर जहाज ध्वस्त हुनुअघि नै यात्रुहरुले चालकदलको निर्देशनको पालना गरे । धैर्य र शान्त व्यवहार गरे । सिटबाट उठेर होहल्ला रूवाबासी गरेनन्। अरुको इमर्जेन्सी ढोकामा दौडिएर भिड बढाएनन् । उनीहरुले नआत्तीकन गरेको संयमताले ९० सेकेन्डभित्र सबै ३ सय ७९ यात्रुहरु र चालकदलका सबै सदस्य सुरक्षित रुपमा बाहिर निस्किन सफल भए । 

हवाईजहाजमा पालना गर्नुपर्ने नियमहरु सम्बन्धी जापानी नागरिकहरुको साक्षरता, सुरक्षा प्र्रोटोकल पालनाले विश्वभर उडानमा कम साक्षरता भएका मुलुकका यात्रुलाई पाठ सिकायो । आपतकालीन अवस्थामा उनीहरु सबै ढोकामा ओएरिएका भए उद्धार प्रक्रियामा अवरोध हुने थियो । धेरै कम यात्रु जोगिने थिए । तर, सबै आआफ्ना सिटमा बसे अनि क्याबिन क्रुहरुको निर्देशन अनुसार चारवटा आपतकालीन ढोकाबाट बाहिर निस्किए । जहाजको दाया भागमा आगलागी तीव्र गतिमा फैलिएकाले बाया तर्फका आपतकालीन ढोकाबाट यात्रु निकालियो ।

हवाईजहाजको आपतकालीन ढोका यात्रुको सुरक्षाका लागि ज्यादै महङ्खवपूर्ण हिस्सा हो । अप्रत्याशित परिस्थितिहरुमा जहाजको ढोका खुल्दैन वा खुले पनि त्यहाँ तत्काल भर्‍याङ वा एरोब्रिज जोड्न सकिँदैन । साना जहाजमा बाहेक अरु ठुला जेट विमानको ढोकाको उचाइ दुईतले घर बराबर हुन्छ । भर्‍याङको सहायता बिना ती ढोकाबाट फालहान्नु बाहेक कुनै विकल्प हुँदैन । त्यसरी फालहान्दा ज्यान जोगिने सम्भावना न्यून हुन्छ । त्यसैले प्राय ठुला जेट विमानको इमर्जेन्सी ढोकामा अटोमेटिक स्लाइड निस्किन्छ । त्यसमा चिप्लेर ज्यान सुरक्षित गर्नुपर्छ । 

जहाजभित्र धुवा भरिएमा वा इमर्जेन्सी अवतरणमा आपतकालीन ढोकाले यात्रु तथा चालकदलका सदस्यहरुलाई विमानभित्रबाट प्रभावकारी ढङ्गले छिटो उद्धार गराउँछ । वायुसेवाले आफ्ना क्याबिनक्रुलाई उद्धारबारे तालिम दिएको हुन्छ । 

इमर्जेन्सी ढोका सजिलै खुला हुने भए पनि बन्द गर्न सजिलो हुँदैन । जहाज अनुसार यसमा अटोमेटिक स्लाइड पनि जडान गरिएको हुन्छ । भवितव्य वा अन्य कारणले एकपटक खुलेपिछ प्रेसर अनुकूलन गरेर मात्रै बन्द गर्नुपर्छ । 

You may also like: Emergency Exit Doors: Everything You Need to Know

नेपाली आकाशमा आन्तरिक उडानमा इमर्जेन्सी ढोकाको प्रयोगबारे क्याबिन क्रुहरुले उडानका क्रममा सम्झाउने गर्दछन् । तर पछिल्ला वर्ष उड्ने तरखरमा रहेका विमानका इमर्जेन्सी ढोका यात्रुको हेलचेक्र्याईले खोलिएको समाचार नेपाली सञ्चार माध्यममा देखिए । 

केही महिनाअघि पोखराबाट काठमाडौ का लागि उड्ने हतारोमा रहेको बुद्ध एयरको एटिआर विमान र दसैताका विराटनगरबाट जनकपुर फर्किन लागेको बुद्धकै अर्को एटिआर विमानमा इमर्जेन्सी ढोकासँग जोडिएका दुइटा घटना सार्वजनिक भए । 

पोखरामा उड्ने तरखरमा रहेको जहाजको इमर्जेन्सी ढोका खुला भएकै कारण तीन घण्टा अरु यात्रुहरुले दुःख खेपे । प्राविधिकले जाँच गरेपछि मात्रै जहाज काठमाडौ का लागि उड्यो । उता विराटनगरमा धावनमार्गमा पस्दै गरेको जहाजको इमर्जेन्सी ढोका खुलेपछि पुनः पार्किङ–वेमै जहाज फर्काइयो । काठमाडौ बाट प्राविधिक पठाएर मर्मत गरिएपछि मात्रै ४/५ घण्टा ढिलो जहाज जनकपुर पुग्यो । 

यी घटनामा ती दुई उडानमात्रै प्राभिवत भएनन् । त्यस दिन यी विमानले गर्ने अरु गन्तव्यका उडान पनि डिले भए । नेपालको नागरिक उड्डयन सम्बन्धी नियमले यात्रु वा जोसुकैलाई उडानमा रहेको जहाजको इमर्जेन्सी ढोका खोलेर अवरोध पुर्‍याउन निषेध गरिएका छ । प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्र्डस् विभागका प्रमुख इन्जिनियर प्रभाकर मल्लिकका अनुसार गैरसैनिक हवाई उडान ऐन अनुसार यस्तो गतिविधिलाई अपराध भनिएको छ । यस्तो गर्नेका लागि १ देखि ३ वर्षसम्म कैद तोकिएको छ । पोखरा र विराटनगरमा भएका घटनामा संलग्न यात्रुलाई प्रहरीको जिम्मा लगाइएको थियो । यात्रुहरुले क्षमायाचना गरेपछि दुबैबाट क्षतिपूर्तिबापत १/१ लाख रूपैयाँ असुलउपर गरेर पोखरा र विराटनगरमा रहेका दुई परोपकारी संस्थालाई उक्त रकम प्रदान गरिएको थियो । 

नेपालको नागरिक उड्डयन सम्बन्धी नियमले यात्रु वा जोसुकैलाई उडानमा रहेको जहाजको इमर्जेन्सी ढोका खोलेर अवरोध पुर्‍याउन निषेध गरेको छ । गैरसैनिक हवाई उडान ऐन अनुसार यस्तो गतिविधिलाई अपराध भनिएको छ । यस्तो गर्नेका लागि १ देखि ३ वर्षसम्म कैद तोकिएको छ ।

अहिले नेपालका वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा यात्रुलाई सुरक्षासम्बन्धी प्रोटोकलबारे बिफ्रिङ गराउँदा सिटबेल्ट लगाउने, खोल्ने तरिका, इमर्जेन्सी ढोका, सङ्केत बत्तीसँगै इमर्जेन्सी ढोका नखोल्न पनि सचेत गराउने गरेका छन् । ‘यदि कुनै पनि यात्रुले उडानका क्रममा इमर्जेन्सी ढोका खोलेमा नेपाल नागरिक उड्डयन प्राधिकरणको ऐन अनुसार कारबाही हुने’ भन्न थालेका छन् । 

बुध्द एयरका प्राविधिक निर्देशक मंगेश थापाका अनुसार एटिआर विमान भुइँमा रहँदा इमर्जेन्सी ढोका खुल्छ । तर जहाज उडानमा रहेका बेला इमर्जेन्सी ढोका क्याबिन प्रेसर प्रणालीका कारण खुल्दैन । ‘एटिआर जस्ता प्रेसराइज जहाज उडानमा रहेका बेला विमानभित्रको हवाई चापलाई सुरक्षित र आरामदायी कायम राख्ने प्रणाली क्याबिन प्रेसराइजेसन प्रणाली प्रकिया अपनाइएको हुन्छ । उचाइमा जहाजको इमर्जेन्सी ढोका खुल्दैन । भुइँमा रहेका बेला इमर्जेन्सी ढोकाको ह्यान्डल चलाए सजिलै खुल्छ ।’ 

इमर्जेन्सी ढोका खुलेपछि पहिलेकै अवस्थामा राख्न प्राविधिकहरु चाहिन्छन् । ‘उडानमा रहेका बेला ढोका नखुलोस् भनेर जतनले बन्द गरेर प्रेसराइजेसन जाँच्नुपर्छ,’ निर्देशक थापाले भने, ‘यदी जहाज उडिसकेपछि इमर्जेन्सी ढोका राम्ररी बन्द नभएर खुलेमा उछिट्टिएर जहाजको इन्जिन लगायतलाई क्षति पुर्‍याउन सक्छ । नेपालमा यस्ता घटना भएका छैनन । अरु देशहरुमा भने इमर्जेन्सी ढोका खुलेर जहाज डाइभर्ट गर्नुपरेको, जहाजमा क्षति पुगेका घटना भएका छन् ।

अमेरिकी हवाई सुरक्षासम्बन्धी नियम निर्माण गर्ने फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार कुनै पनि विमानमा इमर्जेन्सी एक्जिट ‘९० सेकेन्ड नियम’ सुरक्षा मापदण्डमा आधारित रहन्छ । धेरैजसो विमान दुर्घटना, आगलागी वा जहाजभित्र धुवाँ भरिदा ९० सेकेन्डभित्र आपतकालीन ढोकाबाट निस्किसक्नु पर्छ । ९० सकेन्ड जीवनरक्षक सुरक्षा मापदण्ड हो । वायुयान कम्पनीहरुले पनि यही मापदण्डलाई आधार बनाएर जहाजमा इमर्जेन्सी ढोका बनाएको हुनुपर्छ । 

उड्डन सम्बन्धी अनलाइन पोर्टलहरुका अनुसार १९३० को दशकअघिका कमर्सियल जहाजमा साधारण ढोकामात्रै हुने गर्थे । डगलस डीसी–थ्री, बोइङ ७०७ विमानबाट इमर्जेन्सी ढोका राख्न थालियो । १९५० पछि प्रेसराइज जेट विमानमा इमर्जेन्सी ढोकाका साथै उद्धार प्रक्रिया र सामग्रीहरुको सुविधा पनि थपिए । १९७० पछि ‘९० सेकेन्डभित्र उद्धार गर्ने मापदण्डमा’ आधारित स्वचालित स्लाइड ढोकाहरु जहाजमा थपिए । भविष्यमा जहाजहरुमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अधारित इर्मेन्सी ढोकाहरु हुने प्रक्षेपण गरिएको छ ।