के हवाई यात्रामा कोरोना भाइरस सर्ने संभावना कम हुन्छ ? dddddd

के हवाई यात्रामा कोरोना भाइरस सर्ने संभावना कम हुन्छ ?

मुलुकमा लकडाउन सुरु भएसँगै लामो समयसम्म उडान ठप्प हुँदा हवाई कम्पनीहरूलाई त ठूलो मार प¥यो नि ? 

नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि नेपालमा सेड्युल उडानहरू बन्द भए । चैतको पहिलो सातादेखि नै कोभिड–१९ को असर देखिइसकेको थियो । मानव सभ्यतामै आइपरेको अनपेक्षित घटनाले संसारलाई नै असर पु¥यायो । यसबाट हवाई सेवामा त झन् ठूलो क्षति पुगेको छ । 

छिमेकी मुलुकहरूले स्वास्थ्य निर्देशिका बनाएर चाँडै हवाई उडान गरे, हामी ढिला भयौं कि ? 

हामीले पनि सेप्टेम्बर २ देखि सेड्युल उडान गर्यौं, त्यसको दुई हप्तापछि  आन्तरिक उडान सुरु ग¥यौं । तर, भारतकै कुरा गर्ने हो भने उसले अझै सेड्युल अन्तर्राष्ट्रिय उडान खोलेको छैन । कुनै कुरामा हामी पहिला छौं, कुनैमा विदेशी पहिला छन् । हरेक देशको कोभिडलाई कसरी नियन्त्रण गर्ने भन्ने आआफ्नै रणनीति हुन्छ । हामीले पनि केही समय उडान बन्द गरेर संक्रमण रोक्न प्रयास गरेका हौं । त्यसैले हामी ढिला भयौं भन्ने लाग्दैन ।  

Rajan Pokhrel-Nepal Aviation Authority

सुरक्षित हवाई यात्राका लागि क्यानले के कस्तो काम गरिरहेको छ ? 

हामीले स्वास्थ्य मापदण्डअनुसार प्रारम्भदेखि अन्तर्राष्ट्रिय सरोकारवालासँग  सहकार्य गरेर काम ग¥यौं । आइकाउको मापदण्डबमोजिम स्वास्थ्य निर्देशिका जारी गरेका छौं । नेपालका वायुसेवा कम्पनीले पनि आआफ्नो हिसाबले निर्देशिका जारी गरेका छन् । हाम्रा हवाई कम्पनीहरू स्वास्थ्य सुरक्षाका मामलामा सजग छन् । हामीले भाइजर लाउनु पर्छ भनेका छैनौं तर हवाई कम्पनीहरूले हामी भन्दा अगाडि बढेर यात्रुलाई भाइजरको व्यवस्था गरिदिएका छन् । त्यसैले हामीले अपनाएको स्वास्थ्य निर्देशिका प्रभावकारी देखिएको छ ।

नेपालमा संतोषजनक रुपमा उडान भैरहेको छ ?  

हामीले आफैं हवाई यात्रा गरेर अनुगमन गर्दा वायुसेवा कम्पनीले राम्रोसँग स्वास्थ्य मापदण्ड पालना गरेको पाएका छौं । हामीले आन्तरिक उडानमा पिसआर परीक्षणको रिपोर्ट अनिवार्य गरेका छैनौं, अन्तर्राष्ट्रिय उडानमा मात्र गरेका छौं । लक्षण नदेखिएका संक्रमण भएका व्यक्तिहरू पनि हवाई यात्रा गरिरहेका हुन सक्छन् तर त्यसबाट अरुलाई सर्ने सम्भावना कम देखिन्छ । 

अमेरिकी अनुसन्धानले हवाई यात्रामा कोभिड सर्ने जोखिम न्यून छ भन्ने देखाएको छ नि ? 

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसियसनले पहिल्यै भनेको थियो कि हवाई यात्राबाट कोरोना सर्ने सम्भावना कम हुन्छ । जहाजमा हामी फेस टु फेस बस्दैनौं । मास्क लगाएर, स्यानिटाइजर र भाइजर प्रयोग गर्दा सुरक्षित भइन्छ । गाडीमा घन्टौ लगाएर यात्रा गर्दा संक्रमणको संभावना हुन्छ तर, हवाई यात्रा हरेक हिसाबले सुरक्षित माध्यम हो । यस्तो बेलामा अति जरुरी हुँदा मात्र यात्रा गरौं, सकेसम्म हवाई यात्रा गरौं । 

अब फेरि हवाई उडान रोकिने दिन आउला ?

हामीले जति लकडाउन गरे पनि कोभिड समुदायमा फैलिसकेको छ । अचेल अरु देशले पनि लकडाउन गरेका छैनन् । विदेशतिर पनि निश्चित पकड एरियामा मात्र लकडाउन गरिन्छ । त्यसैले हाम्रो सरकारले मुलुकभर लकडाउन गर्दैन होला । हवाई यात्रा सुरक्षित छ । त्यसैले हवाई उडान रोक्नु पर्ने कुनै कारण देखिँदैन। 


विदेशी पाहुनालाई नेपाल यात्रा सुरक्षित छ भन्ने सन्देश दिने बेला भयो ? 

विदेशी पर्यटकलाई नेपाल आउन आब्हान गर्न हतार नगरौं किनकी यहाँ कोभिडको संक्रमण बढ्दो छ । नेपालभर सबैतिर अबस्था एउटै हो, बरु आन्तरिक पर्यटनको संभावना देखिन्छ । तर पर्वतारोहण र पदयात्रामा आउने विदेशीलाई केही दिन आइसोलेसनमा राखेर सुरक्षित हिसाबले घुमाउन सकिन्छ, अरु सामान्य पर्यटकलाई निम्तो गरिहाल्ने अबस्था छैन ।

हवाई उडान पुरानै अवस्थामा फर्कन कति समय लाग्ला ? 

आन्तरिक उडानमा धेरै देश पुरानो अवस्थामा आउन लागि सके । चीन एउटा उदाहरण हो । नेपालको आन्तरिक उडान पनि उत्साहप्रद देखिएको छ । संसारमै सन् २०२४ मा मात्र हवाई उडान सन् २०१९ को अबस्थामा पुग्न सक्छ भन्ने आइकाउको अनुमान छ । 

नेपाली हवाई कम्पनीहरूलाई राहात दिन क्यानले के कस्ता कदम चालेको छ ? 

वायुसेवा कम्पनी र पर्यटन उद्योगलाई विकासशील देशले राहत दिएका छन् । नेपाल सरकारले क्षमताले भ्याएसम्म राहत दिएको छ । विमान कम्पनीहरूको ऋणको ब्याजदर घटाउने, ऋण तिर्ने समय बढाउने र सस्तो दरमा पुर्नकर्जा दिने काम गरेको छ । हाम्रो आम्दानीको श्रोत पनि विमानस्थलको शुल्क नै हो । हामीले कम्पनीहरूलाई लकडाउन, निषेधाज्ञा र उडान सुरु भएको १ महिनासम्म पार्किङ शुल्कमा र रेन्टलमा ७५ प्रतिशतसम्म छुट दिएका छौं । एओसी नविकरण लगायतका शुल्कमा पनि छुट दिएका छौं ।