Everything You Need to Know About Air Turbulence

Everything You Need to Know About Air Turbulence

वायुमण्डलमा समान गतिमा एकनासले इन–रुटमा उडिरहेको जहाजको ककपिटभित्रबाट एकाएक पाइलटले जब क्याविनमा सिट बेल्टको संकेत बत्ती बाल्दै ‘महिला तथा सज्जनवृन्द कृपया आफ्नो सिटमा बस्नुहोस । पेटी बा“ध्नुहोस । सिटको टे« बन्द गुर्नहोस । टर्बुलेन्सका कारण जहाज हल्लाउन सक्छ,’ भनेर सजग गराउ“छन् । सिटमा शान्त बसिरहेका, पुस्तक पढिरहेका, सुस्ताइरहेका, गफिइरहेका, रमाइरहेका अनि शौचालय जादैं÷फर्किदै गरेका यात्रु सचेत हुन्छन् । बेल्ट बा“ध्न थाल्छन् । टर्बुलेन्सका कारण जहाजमा आउने हलचलले सबै सचेत हुन्छन् । नेपालको आन्तरिक उडानमा हुने टर्बुलेन्समा परेका कतिपय यात्रुले भनेको सुनिन्छ–‘त्यो फलानो एयरलायन्सको उडान अनुभव राम्रो रहेन । कस्तो नमज्जाले हल्लायो ।’

अझ कतिपयले पाइलटलाई उडाउनै नआउनेसम्म भनेर टिप्पणी गरेको सुनिन्छ । मौसम अदलबदल भएको सिजनमा प्रायः यात्रुले उडिरहेको जहाज डगमगाएको अनुभव केही सेकेन्ड वा मिनेटसम्म गर्नसक्छन् । यस्तो अवस्थामा पहिलोपटक विमान चढेका यात्रु आत्तिनु स्वाभाविक हो । टर्वुलेन्सका कारण जहाजको अगाडिको भागको तुलनामा पछाडिको भाग अलिक धेरै हल्लिन्छ ।

Air Turbulenceनागरिक उड्डयन प्राधिकरणमा विशेषज्ञका रुपमा कार्यरत वरिष्ठ पाइलट डिआर निरौलाकाअनुसार नेपालको ७ दशक लामो हवाई इतिहासमा टर्बुलेन्समा परेर जहाज दुर्घटना परेको सुनिएको छैन । नेपालको उड्डयन इतिहासमा इनरुट–

टर्बुलेन्समा परेर जहाजै दुर्घटनामा परेको घटना छैन । यस्तै अनुभव क्याप्टेन वेद उप्रेतीद्वारा लेखिएको पुस्तक ‘एभरेष्ट फ्रम दि एयर’ मा पनि छ । सन् १९९७ तिर निकोन एयरको सेस्ना क्यारानभान सिंगल इन्जिन जहाजमा जापानी फोटोग्राफरलाई लिएर २७ हजार फिट उचाइबाट हिमालका तस्वीर खिचिरह“दा उक्त चार्टर विमान मकालु क्षेत्रमा करिब ४ हजार फिट तल झरेको थियो । 

टर्बुलेन्समा परेको जहाजलाई क्याप्टेन सुरेश बिष्ट र वेद उप्रेतीले २३ हजार फिटको उचाइमा पुगेपछि नियन्त्रणमा लि“दै लयमा फर्काएको ‘थ्रिलर–स्टोरी’ पढ्दा आङ नै सिरिङ हुन्छ । मौसमका कारण उत्पन्न हुने टर्वुलेन्समा प्राकृतिक घटना हुन । संसारमा कुनै पनि जहाज शतप्रतिशत ‘टर्वुलेन्स फ्रि’ हु“दैनन । इनरुटमा छल्नै नसकिने टर्वुलेन्स भए पाइलटले जहाज अन्यन्त्रै डाइभर्ट गर्छन् । जस्तो भद्रपुर वा उपत्यका बाहिरबाट काठमाडौं आउ“दै गरेका जहाज सिमराबाट उपत्यकाभित्र छिर्न नसक्ने भए पछि विराटनगर वा जनकपुर फर्किने गर्छन् ।

एटीआर विमानका एक प्रशिक्षक पाइलटकाअनुसार, वायुमण्डलमा हावा जहिल्यै गतिमा हुन्छ । वायुयानहरूले त्यो हावाको गतिलाई उड्न अनिवार्य प्रयोग गरिरहेका हुन्छन् । वायुयानको प“खेटा माथि र तल भएर नियमित प्रवाह हुने हावाले विमानलाई स्थिर उड्न मद्दत गरिरहेको हुन्छ । तर हावा सधैं एकनासको हु“दैन । अचानक मौसममा हुने अनियमित प्रवाहले टर्बुलेन्स उत्पन्न गराउ“छ । उडिरहेको विमानले टर्वुलेन्सको सामना गर्न लागेको ककपिटमा बसिरहेका पाइलटलाई थाहा नै हुन्छ । पाइलटले जहाज नउडाउ“दै ग्राउन्डमा जब उडानको तयारी थाल्छन् त्यसबेला नै आफू उड्ने गन्तव्य र इन–रुटको मौसमबारे जानकारी पाइसकेका हुन्छन् ।

तर, जहाज उडेपछि हुने हलचलले पछाडि आफ्नै लयमा बसेका यात्रुमा त्रास सिर्जना गर्छ । टर्वुलेन्स बारे जानकारी भएर क्याबिनमा यात्रुका रुपमा बसेका कतिपय भने यस्तो अवस्था आउ“दा आत्तिहाल्दैनन् । उड्यनकर्मीकाअनुसार, टर्वुलेन्समा धेरै कारणले उत्पन्न हुन्छ । तर, उड्डयन क्षेत्रमा चार प्रकारका टर्वुलेन्सको चर्चा हुने गरेको छ । हावाका कारण उत्पन्न हुने क्उियर एयर टर्बुलेन्स, विपरित तापमानले हुने टर्बुलेन्स, मेकानिकल टर्वुलेन्स र वेक टर्वुलेन्स । मेकानिकल टर्बुलेन्स पाइलटको कमाण्डले सिर्जना गर्ने वा जहाजको कुनै प्राविधिक कारणले उत्पन्न हुन्छ भने वेक टर्विलेन्स अघिपछि साथसाथै उडिरहेका जहाजले पैदा गर्ने टर्विलेन्स हो । अरु बा“कि दुई क्उियर एयर टर्बुलेन्स र विपरित तापमानले हुने मौसमका कारण हुने टर्बुलेन्स हुन् । 

नेपालमा प्रायः आन्तरिक उडानमा जहाजले मौसमका कारण टर्विलेन्स सामना गर्नुपर्ने सिजन प्रिःमनशुन, पोस्ट मनसुन र भारतीय उपमहाद्धीपबाट शुरु हुदैं बंगलादेशसम्म पुग्ने पश्चिमी वायुको बेग (वेस्ट्रन्ली) को समय मुख्य हुन् । एक पाइलटकाअनुसार जब घामको ताप बढ्दै जान्छ । जमिनको सतह तातेसंगै उत्पन्न हुने मोइश्चर (आद्र्रता) वायुमण्डलमा पाइने पानी वाष्पको मात्राले बादल सिर्जना गर्छ । आद्र्रतासहितको बादलले जहाजलाई हल्लाउ“छ । अहिलेका जहाजको ककपिटमा हुने रडारले इन–रुटमा उडिरहेको जहाजले यस्तो बादल पहिल्यै देखिसकेको हुन्छ । यसको पनि मात्रा हुन्छ । कति बाक्लो वा फितलो । त्यो ककपिटमा हुने रडारमा रंगको इकाईका आधारमा चालक दलले हल्का, मध्यम र गम्भीर भनेर तीन तहमा छुट्याउ“छन् । आद्र्रता नभएको हावामा मात्र पनि जहाज हल्लिन्छ । तर, अति समान्य गतिमा । टर्वुलेन्स भन्दा खतरा मानिने ‘विन्डशीयर’ हो । वायुमण्डलमा हावाको गति वा दिशामा अचानक बदली हुनुलाई विन्डशीयर भनिन्छ । यो प्रायः जहाजले अवतरणका क्रममा सामना गर्नुपर्छ । यदि कुनै वायुयान उड्दा वा अवतरण हुदा विन्डसियरमा परे टर्बुलेन्स हुन्छ नैं ।

नेपालमा लामो समय आन्तरिक उडानमा रहेर हाल भारतमा एटीआर विमान उडाउने एक अर्का पाइलटकाअनुसार, मेघ गर्जनसहितको मौसम, आ“धुहुरीमा पनि टर्वुलेन्स उत्पन्न गराउ“छ । बादलमध्येको चट्याङ, गर्जन र असिनायुक्त ‘क्युलोनिम्बस’ बादल पनि एक हो । नेपालको हिमाली तथा दुर्गम भेगमा हुने साना विमानका उडानले दक्षिणबाट उत्तरतिर वा उत्तरबाट दक्षिणतीर तीब्र गतिमा उडिरहेको वायुस“ग सामाना गर्नुपर्छ । ‘हिमालमा हिउ“स“ग ठोक्किएर पुन दक्षिणतिर हिउ“को पानी बोकेर फर्किने बादल आन्तरिक उडानमा हिमाली भेगका रुटमा साना जहाजले सामना गर्नुपर्छ । त्यसैले मध्यान्नमा हावाको गति बढेपछि साना विमान टर्बुलेन्स सामना गर्नुपर्ने भएकाले हिमाली भेगमा ११–१२ बजेपछि जा“दैनन् । टर्बुलेन्स जहाजमा मात्र होइन, पानी जहाज र बसमा यात्रा गर्दा पनि सामाना गर्नुपर्छ ।

त्यसैले यो उडानमा मात्रै नभएर सबैतिर हुने हलचल हो । यसलाई रोक्ने वा न्यूनिकरण गर्ने यन्त्रको अहिलेसम्म विकास भएको छैन । टर्वुलेन्समा डराउने यात्रुले बिहान ११ बजे अघिको उडानमा सयर गर्नु सबैभन्दा राम्रो हो भन्छन पाइलटहरू । किनकी पृथ्वीको सतहमा तापको मात्रा पर्याप्त नपुगिसकेकाले जहाज हल्लाउने जलयुक्त बादल उत्पन्न भइसकेको हु“दैन । यो नियम नेपालमा जुनसकै सिजनमा पनि लागु हुन्छ ।