५ कुरा - मिस नेपाल २०१७ निकिता चण्डकका

५ कुरा

निकिता चण्डक, मिस नेपाल २०१७

पुस्तक

म एकदमै धेरै पढ्ने पढन्ते मान्छे होइन तर मैले पढेका मध्ये रोहण्डा ब्रायनको ‘दि सिक्रेट’ पुस्तकबाट एकदमै प्रभावित भएकी छु । यो पुस्तकले निराशाबाट उठेर जीवन र संसारलाई हेर्न सकारात्मक दृष्टि दिन्छ । यतिबेला म लिलि सिंहको ‘हाउ टु वि अ बाउसे’ पढिरहेकी छु, पढ्न मजा आइरहेको छ ।

भ्रमण

मिस वल्र्डमा भाग लिनेक्रममा विभिन्न देशका प्रतिस्पर्धीहरूसँग अन्तरक्रिया भएपछि म घुमफिरमा उत्साही भएको छु । हरेक प्रतिस्पर्धी आ–आफ्नै मौलिक प्रस्तुतिसहित उपस्थित भएका थिए, त्यसले लोभ्यायो । अहिलेका लागि म आफ्नै देश नेपाल एक्सप्लोर गर्न चाहन्छु । 

खाना

शाकाहारी छु, खानाको सवालमा म चुजी छु । त्यसैले रेष्टुँरा जाँदा साथी पाउन सजिलो हुँदैन । सामान्यतयाः रेष्टुँरामा मेरा अर्डर हुन्छ नान र दाल मखनी । 

पहिरन 

म फेशनेवल छु, ट्रेण्डी हुन मन पराउँछु । मौसम र कार्यक्रम अनि भेन्यु अनुसार मेरो पहिरन हुन्छ । कुनै दिन मलाई सामान्य पहिरनमा भेट्न सक्नु हुन्छ भने कुनैदिन आधुनिक परिहनमा । समय अनुसार म फेशन गर्छु । 

You may also read: उपन्यासकार शिवानीसिंह थारुसंग ५ कुरा

सिनेमा

चलचित्र हेर्न मलाई मन पर्छ । मैले धेरै चलचित्र दोहो¥याएर पनि हेरेकी छु । यही चलचित्र सबैभन्दा राम्रो भन्न सक्दिन । हरर फिल्म मलाई मन पर्छ । ‘रोम–कोम’ शैलीका फिल्म मलाई मन पर्छ ।