Panchakot Nepal - Complete Guide to Sacred Hill Destination
25 February, 2026
Panchakot Nepal - Complete Guide to Sacred Hill Destination

एउटा यस्तो भूगोल, जहाँ पुग्दा मनमा शान्ति छाउँछ । जहाँ धौलागिरि हिमाल मुस्कुराउँछ । मनमा ऊर्जा बढ्छ । त्यो ठाउँ हो, बागलुङ नगरपालिका -६ मा अवस्थित पञ्चकोट ।

बागलुङका तारन्जलकोट, कारिकोट, माझकोट, रारायँकोट र संसारकोटलाई नै एकमुष्ट पञ्चकोट भनिन्छ । चौबिसे राज्यकालका राजा महाराजासँग सम्बन्धित कोटहरु । आज पञ्चकोट प्रकृति, संस्कृति र अध्यात्मको त्रिवेणीधामका रुपमा स्थापित भएको छ ।

डाँडामा मुक्तिनाथ महाघण्ट, पञ्च महालक्ष्मी मन्दिर, हनुमान मूर्ति, पञ्चनारायण मन्दिर, गंगा मन्दिर, सिसमहल, गरुड नारायणको मूर्ति, गणेश मन्दिर आदि धार्मिक संरचना बनाइएका छन् । साथै पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्यले ध्यान गरको गुफा पनि छ ।

डाँडामा मुक्तिनाथ महाघण्ट Garuda Narayan Mandir - Panchakot Nepa

अर्को महङ्खवपूर्ण कुरा, यहाँ १३५ फिट अग्लो ‘गण्डकी विश्रान्ति कलश’ निर्माण अभियान सुरु गरिएको छ । १३ तले कलशमा हिन्दुका चारधामका देवदेवीका साथै नेपालका प्रमुख देवदेवीका मूर्ति र जल राखिने छ । यसले कालिगण्डकी बचाऔं अभियान र शालिग्राम संरक्षण अभियानलाई बल पुर्याउने छ ।

Muktinath Baba.हनुमान मूर्ति नजिकै सिद्धगुफा पनि छ। गुफाको दर्शनले मनोकामना पूर्ण हुने जनविश्वास छ । यहाँबाट करिब १ किलोमिटर दुरीमा ‘गण्डकी गोपाल गौशाला’ बनाइएको छ, जहाँ लोपोन्मुख जातका रथाने गाई संरक्षण गरिएका छ ।

घमाइलो छ, पञ्चकोट। यहाँबाट बागलुङ बजार, रत्नेचौर, जलजला मल्लाज लगायतका गामबस्ती देखिन्छन् । साथमा धौलागिरि हिमालको मिठो दृश्य छँदैछ । सूर्योदय र सूर्यास्तका दृश्य पनि चित्ताकर्षक देखिन्छन् ।

पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्य हुन् । यी प्रसिद्ध हिन्दु गुरूले जन्मथलोमा मठमन्दिर बनाएर धार्मिक पर्यटनको फूल फुलाएका छन् । पञ्चकोट क्षेत्र ध्यान र योगका लागि उपयुक्त छ ।

Pancha Maha Laxmi Mandir - Panchakot Muktinath Mahaghanta

वि.सं. २०७१ सालमा आयोजित १५ दिने महायज्ञबाट सङ्कलित रकमले पञ्चकोटको भौतिक पूर्वाधार विकासका काम शुभारम्भ गरिएको । त्यसयता पनि बेलाबेलामा धार्मिक अनुष्ठान भइरहेका छन्।

विशेषतः नेपाली र भारतीय तिर्थालु पञ्चकोट घुम्ने गर्छन् । मुक्तिनाथ र लोमन्थाङ जानेहरु पञ्चकोट पनि दर्शन गर्छन्।

वास्तवमा पञ्चकोट आफैंमा एउटा गन्तव्य हो । यस क्षेत्रमा कम्तीमा एक रात बसेर प्राकृतिक सौन्दर्य, आध्यात्मिक वातावरण, स्थानीय संस्कृति र ग्रामीण जीवनशैलीमा डुबुल्की मार्नु उत्तम हुनेछ।

पञ्चकोट नजिकै गाउँमा ससाना खाजाघर तथा होटल छन् । तल बागलुङ बजारमा भने होटल तथा रिसोर्टको दुःख छैन । पञ्चकोट नजिकैका गाउँमा सामुदायिक होमस्टे फस्टाउन सक्छ।

कसरी पुग्ने ? (How to Reach)

Baglung Bazaar from Panchakot

बागलुङ बजारबाट ११ किलोमिटर दुरीमा पञ्चकोट । पञ्चकोटसम्मै पक्की सडक जोडिएको छ । त्यसैले जिप, ट्याक्सी, बस र मोटरबाइकमा जान सकिन्छ ।

Jagannath Aacharya तिर्थालुहरु दुईचार घण्टा घुमेर फर्कनुहुन्छ । एकदुई रात यतै बसेर साधना गर्न सकिन्छ । हामीले अतिथिगृह बनाएका छौं । छिट्टै शाकाहारी भोजनालय पनि सञ्चालन गर्दैछौं ।

जगन्नाथ आचार्य
अध्यक्ष, सर्वसिद्धिधाम विकास परिषद्
सम्पर्क : ९८५७६२०७९४

 

Table of contents
Share article
facebookinstagramlinkedin