How Night Flight Works? Navigating through Night Sky

How Night Flight Works? Navigating through Night Sky

जिपिएसमा आधारित एप्रोच सिस्टम, आधुनिक रनवे लाईट, सञ्चार प्रणाली तथा अत्याधुनिक जहाजका कारण रात्रिकालिन उडान बढ्द ।

हामीलाई राखेर उडिरहेको जहाज अनि उड्डयन संसार कति धेरै रोचक छ है! हो, जहाजको आधुनिक इन्जिनियरिङ र उडान–विज्ञानका आविष्कारहरू आश्चार्यजनक छन् । ध्वनिको गतिभन्दा दोब्बर (प्रतिघन्टा २१ सय किलोमिटर) को रफ्तारमा उड्ने सुपरसोनिक यात्रु जेट कन्कर्डको चर्को आवाज संसारका एयरपोर्टबाट बिदा भइसकेको छ । फ्रान्स तथा बेलायतले बनाएको कन्कर्डलाई माथ गर्ने गरी लङ रन्जका यात्रुमैत्री आधुनिक एरोडाइनमिक्स भएका विमानको ठूलो सङ्ख्यामा उत्पादन भइरहेको छ ।

जिरो भिजिबिलिटीमा अवतरण हुने एयरबसको ए–३५० अनि बोइङको ड्रिमलाइनर–७८७ जस्ता वायुयान हिजोआज धेर देशका एयरलायन्स तथा यात्रुको पहिलो रोजाइमा पर्न थालेका छन् । उस्तै आकारको विमानहरूसँगको तुलनामा ड्रिमलाइनर र एयरबसको ए–३५० विमानले कम्तीमा २० प्रतिशत कम इन्धन खपत गर्छन् ।

यस्ता व्यावसायिक जेट विमान ३० देखि ४० हजार फिट बिचको उचाइमा ८ सय देखि ९ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा क्रुजमा उडिरहेका हुन्छन् । यात्रुहरूको रुचिका आधारमा नेक्स्ट जेनेरसन एयरक्राफ्टका रुपमा एयरबसले ३२१ एक्सएलआर र बोइङ ७७७ एक्सलाई डिजाइन गरको छ ।

वैज्ञानिकहरूका लागि उड्डयन क्षेत्र सधैं नवीनता भएको अवसरको सागर हो । कार्बन उत्र्सजन कम गर्ने इलेक्ट्रोनिक हाइब्रिड विद्युतीय विमानको विकासमा विकसित देशहरू लागिसके । राइट दाजुभाइले सन् १९०३ मा उत्तरी अमेरिकाको क्यारोलिनामा १२ सेकेन्ड उडाएको त्यो पहिलो उडानदेखि अहिले हामी उडिरहेका जहाजसम्म थुप्रै कम्फर्ट प्रविधिहरूको विकास हुने क्रम रोकिएकै छैन ।

एउटा विमान उडान–अवतरणमा ककपिटपछाडि बसेका यात्रुहरूले पाइलटलाई मुख्य भूमिकामा देख्छन् । तर, जहाजलाई उडाउन पाइलटहरूका पछाडि एयर ट्राफिक कन्ट्रोलरदेिख बत्ती जडान भएका डन्डाको सहायताले ग्राउन्ड अपरसन अन्तर्गत पार्किङमा सघाउने मार्सलरसम्म दर्जनौं व्यक्तिको सहायता हुन्छ । 

वरिष्ठ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियर तथा नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक सञ्जीवसिंह कठायतका अनुसार, ड्याम्मै बादल लागेको अवस्थाको शून्य भिजिबिलिटी होस् वा रातको गाढा अँध्यारोमा पनि बडेमानको जहाजलाई धावनमार्गको थ्रेसहोल्डमै पुर्याउने ‘क्याट–थ्री–सी’ इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सटीक भइदिएकाले आजको हवाईयातायात थप विश्वसनीय, भरपर्दो, सर्वसुलभ र छरितो भएको छ ।

रोचक कुरा के छ भने एउटा विमानस्थलबाट उडेको जहाजलाई अर्को विमानस्थलसम्म पु¥याउने मानिसबाहेक थुप्रै निर्जीव यन्त्रहरूको अनिवार्य सहायता चाहिन्छ । जसको सहायताबिना आधुनिक विमान पाइलट मात्रैको भरमा नेपालका आन्तरिक विमानस्थलमा खराब मौसम र राती अवतरण हुन सक्दैनन् । इन्जिनियर कठायतका अनुसार यसरी विमानका साथीहरूका रुपमा सघाउने यन्त्रहरूको सेवा प्रदायकलाई सीएनएस अर्थात् कम्युनिकेसन, नेभिगेसन एन्ड सर्भिलेन्स भनिन्छ ।

हवाइयातायातको सुरक्षा तथा समन्वयका लागि सञ्चार नभई नहुने घटक हो । आकाशमा भएको जहाज र भुईंमा रहेको एयर ट्राफिक कन्ट्रोलर रहने टावर लगायतका स्टेसनबिच सूचना आदानप्रदान गर्न सञ्चार नभई हुँदैन । त्यस्तै एउटा जहाजले अर्को उडिरहेको जहाजसँग मौसमको अवस्था, सम्भावित चुनौतीबार सञ्चार गर्न पनि कम्युनिकेसन नभई हुँदैन ।

जहाजलाई उडानमार्गमा मार्गनिर्देश गर्न अनि सुरक्षित अवतरण गराउन नेभिगेसन अर्को नभई नहुने सञ्चारपछिको दोस्रो घटक हो । आधुनिक नेभिगेसन प्रणालीले विमानको स्थिति तथा मार्गमा ठिक अवस्थामा रहन सघाउने, योजना अनुसारको प्रभावकारी तरिकाले सुरक्षित रूपमा रुट पछ्याउन सघाउछन् । रनवे लाइट प्रणालीबिना यी उपकरणहरूको उपयोगिता हुनै सक्दैन ।

रनवे लाइटिङ सिस्टमअन्तर्गत एप्रोच पाथ इन्डिकेटर (पापी), रनवे इन्ड आइडन्टीफायर, रनवे थ्रेसहोल्ड, टचडाउन जोन, रनवे सेन्टरलाइन र धावनमार्गको किनारामा रनवे एज लाइट नभए राती र लो भिजिबिलिटीमा सुरक्षित अवतरण गराउन सकिँदैन ।

तेस्रो बहुमुखी सर्भिलेन्स उपकरण रडार हो । रडियो तरङ्गको माध्यमबाट जहाजको अवस्था, दुरी, गति ट्रयाक गर्न तथा मौसमी जानकारी लिन रडार (रडियो डिटेक्सन एन्ड रन्जिङ) सर्भिलेन्सको मद्दत चाहिन्छ ।

नागरिक उड्डयन प्राधिकरणका इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियर सञ्जयकुमार ठाकुरका अनुसार ५०/५२ वर्षअघि नेपालको नागरिक उड्डयन क्षेत्रमा जहाजलाई अवतरणमा सघाउने रडियो ट्रान्समिटर प्रणालीमा आधारित ननडाइरक्सनल बेकन (एनडीबी) प्रविधि थियो । उपत्यकाभित्र काठमाडौंको सिनामङ्गल, नलिञ्चोक र ललितपुरको ठैंचुमा राखिएका एनडीबीले पठाउने विकन फ्रिक्वेन्सीलाई जहाजले पछ्याउदै धावनमार्गसम्म आइपुग्थे ।

खराब मौसम, भूबनोट र वायुमण्डलमा हुने फेरबदलका कारण एनडीबीका विकन सङ्केतको सटीकता प्रभावित हुने भएकाले बिस्तार यो प्रविधि संसारभरका विमानस्थलबाट हटाइँदै गएको छ ।

उडान सुरक्षा बढाउन र भरपर्दो उडान व्यवस्थापन गर्न, ढिलाइको दर घटाउन, आकाशको अधिकतम प्रयोग गर्न उड्डयन सहाय यन्त्र तथा उपकरणमा निरन्तर विकास भइरहेको छ । अहिले विश्वभर नेक्स्ट–जेन (नेक्स्ट जेनेरसन एयर ट्रान्सपोर्टेसन) प्रविधिमा आधारित जहाज उत्पादन भइरहेका छन् । यसमा भएको सुधारले कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा टेवा पुर्याएको छ ।

VOR (VHF Omni Directional Radio Range)

सिनामङ्गलमा रहेको सञ्चार तथा उड्डयन सहाय विभागका प्रमुख मनोहर राजभण्डारीका अनुसार नेपालले भूआधारित भरपर्दो नेभिगेसन उपलब्ध गराउन भीएचएफ ओम्निडिरक्सनल रेन्ज/डिस्टेन्स मेजरिङ इक्युभमेन्ट (भीओआर–डीएमई), एरिया नेभिगेसन (आरएनएभी), ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस), इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) जस्ता आधुनिक र उन्नत प्रविधि अहिले प्रयोगमा ल्याएको हो । यिनैको प्रयोगमा मौसम प्रतिकूल भएको अवस्था र रात्रिउडान सहज हुने गरको छ ।

‘अहिले भद्रपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगन्ज, पोखरा, धनगढी र काठमाडौंमा भूसतहमा आधारित भीओआर–डीएमई राखिएको छ,’ इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरसमेत रहेका राजभण्डारीले भने, ‘अहिले सञ्चालनमा रहेकामध्ये २५ वर्षअघि नेपालगन्ज र सिमरामा जडान गरिएका भीओआर–डीएमईलाई हटाउँदै नयाँ जडान गर्दै छौं ।’

एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ज्ञानेन्द्र भुलका अनुसार, भीओआर– डीएमइ भूआधारित रडियो नेभिगेसन प्रणाली हो । यसले पाइलटहरूलाई सटीक दिशाको जानकारी प्रदान गर्दछ । ‘खराब मौसम होस् वा रातको समयमा विमानस्थलको बाटो देखाउन यो उपयोगी यन्त्र हो,’ एटीसी भुलले भने, ‘अर्को डीएइको भनेको डिस्टेन्स मेजरिङ इक्युभमेन्ट हो । यसले उडिरहेको विमान र ग्राउन्ड स्टेसनबिचको दुरी मापन गरी पाइलटलाई आफू कति पर छु भन्ने जानकारी दिन्छ ।’ उनका अनुसार भद्रपुरदेखि धनगढीसम्म (एटीआर उडान हुने राजविराज, सुर्खेत र तुम्लिङटारबाहेक) रुटमा पाइलटहरूले आकाशमा आफ्नो स्थिति सही रुपमा भए/नभएको दिशा र दुरीबार भीओआर–डीएमइबाट जानकारी लिन्छन् । 

भीओआर–डीएमइपछि भूसतहबाटै जहाजलाई अवतरणमा सघाउने अर्को आधुनिक प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) हो । यसले जहाजलाई अवतरणका क्रममा धावनमार्गको रखाभन्दा दायाँबायाँ वा तलमाथि भएको अवस्थामा सही बिन्दुमा सोझिन मार्गनिर्देश गर्छ ।

प्राधिकरणका अनुसार आइएलएस अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस राखिएको छ । तर, दुबै विमानस्थलले यो प्रणाली जहाजका लागि ‘खुला’ गरिसकेका छैनन् ।

आइएलएसमा लोकलाइजर र ग्लाइड स्लोप गरी दुइटा यन्त्र धावनमार्गको छेउमा राखिएका हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएसअन्र्तगत लोकलाइजर हालै मात्रै जडान गररे प्रयोगमा ल्याइएको छ ।

यसले जहाजलाई धावनमार्गको मध्यरखासँग पङ्क्तिबद्ध गराउन सहयोग गर्छ । अवतरणका क्रममा विमानलाई धावनमार्गको मध्यरखाबाट कति दायाँ वा कति बायाँ रहेको अवगत गराउने मुख्य काम यसै लोकलाइजरको हो ।

नौं वर्षअघि टर्किस एयरलायन्सको वाइडबडी विमान अवतरणका क्रममा धावनमार्गमा दुर्घटना भएको थियो । उड्डयनकर्मीहरूका अनुसार यदि त्यसबेला धावनमार्गको उत्तरी बिन्दुमा लोकलाइजर भइदिएको भए त्यो विमानलाई पाइलटले धावनमार्ग नदेखे पनि सिधा रखामा ल्याउन सक्थे । र, सायद दुर्घटना टथ्र्यो । त्यस्तै ६ वर्षअघि बङ्गलादेशबाट आएको युएस् बङ्गलाको बमबार्डियर विमानले पनि लोकलाइजर सहायता पाइदिएको भए दुर्घटनाबाट जोगिन सक्ने विश्लेषण भएको थियो ।

एटीआरका प्रशिक्षक पाइलट रञ्जनकुमार शर्माका अनुसार दुई दशकअघि नेपालमा काठमाडौं अनि बाहिर रहेका विराटनगर, भैरहवा, नेपालगन्जमा मात्रै रात्रि उडान हुन्थ्यो । तर अहिले तराईमा भरतपुरबाहेक सबै विमानस्थलमा रात्रि उडान हुन्छ ।

उनका अनुसार जब आन्तरिक उडानमा ७० सिटसम्मका एटीआर विमानको प्रवेश भयो रात्रि उडानलाई सजिलो बनाउन रडियो ट्रान्समिटर प्रणालीमा आधारित नन–डाइरक्सनल बेकन (एनडीबी) प्रविधि विस्थापन हुदै गए । त्यो प्रविधिको ठाउमा भीएचएफ ओम्निडिरक्सनल रेन्ज/डिस्टेन्स मेजरिङ इक्युभमेन्ट (भीओआर–डीएमइ), एरिया नेभिगेसन (आरएनएभी), ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीको सहायतमा जहाज विमानस्थलमा अवतरण हुन थाले ।

‘विमान टेकअफदेखि अवतरणसम्म सुरक्षित रुपमा मार्गदर्शन गर्न नेपाली आकाशमा पाइलटलाई सघाउने भीओर–डीएमई, आइएलएसजस्ता ग्राउन्डमा आधारित यन्त्रिक सहायताहरू छन् भने स्याटलाइट र जीपएसमा आधारित आरएनएभी/आरएनपी (एरिय नेभिगेसन र रिक्वाइर्ड नेभिगेसन पर्फमेन्स) जस्ता आधुनिक एयरबोर्न प्रणाली पनि छन्,’ एटीआरका वरिष्ठ क्याप्टेन शर्माले भने ।

प्राधिकरणका अनुसार काठमाडौंबाहिर जनकपुर, भरतपुर र राजविराजमा भीओरआर–डीएमई राखिएको छैन । एटीसी भुलका अनुसार जनकपुर र राजविराजमा धावनमार्ग लामो भएकाले त्यहाँ भूसतहमा आधारित भीओर– डीएमइ उपकरणले नभई भूउपग्रह र जहाजमा जडान हुने जीपीएस यन्त्रबाट हुने एयरबोर्न नेभिगेसन प्रणाली (आरएनपी) बाट जहाज राती वा कम भिजिबिलिटीमा अवतरण गर्न सक्छ । तर, भरतपुरमा धावनमार्ग छोटो भएकाले त्यहाँ हेररे गरिने उडान मात्रै सम्भव छ । अहिले भरतपुरको धावनमार्ग लामो बनाउने काम हुँदै छ । त्योसँगै भरतपुर पनि एटीआर–७२, सीआरजे लगायतका ठुला जहाजबाट रात्रि उडान गर्न सकिने विमानस्थल हुनेछ ।