5 Things About Karishma Manandhar

5 Things About Karishma Manandhar

करिष्मा मानन्धर का ५ कुरा

पुस्तक मलाई जीवनी र प्रेमकथा पढ्न मन पर्छ । जीवनीमा एउटा मान्छेको संघर्ष मात्र होइन, इतिहास, ऊ बाँचेको समाजको चित्र, सामाजिक एवं सांस्कृतिक वातावरण पाइन्छ । पछिल्लो तीन वर्ष भने म कक्षा ८ देखि १० सम्मको पढाईमा व्यस्त भएकाले कोर्स बाहेकका पुस्तक पढ्न पाइन । मैले ०७५ को एसईई परीक्षा दिएकी छु । मैले कामको सिलसिलामा धेरै कुरा सिकें । जीवन बुझें तर, पढाई धेरै नभएकाले जहिले पनि आफूमा शब्दहरूको कमी पाउँथे । त्यसैले फेरी स्कुल भर्ना भएर पढेकी हुँ ।

घुमफिर म प्रकृतिको पूजारी हुँ । माटो सुँघ्न, बोटविरुवा छुन मन लाग्छ । बरोबर पोखरा पुगिरहन्छु । त्यहाँको पानी, हिमाल, जंगल वातावरणले मोहनी लगाउँछ । नेपालीपन मन पर्छ । त्यसैले यात्रामा नेपाली संस्कृतिमा रमाउँछु । मलाई जुम्लादेखि हिँडेरै राराताल जान मन छ ।

खाना मलाई नेपाली खाना मन पर्छ । दालभात, ढिँडो र तरकारी । घरमा मकैभट्मास र गहुँ भुटेर राख्छु । मकैभटमास हप्तामा तीन दिन नखाई चित्त बुझ्दैन । मलाई मसालेदार खाना मन पर्दैन । सि –फुड, माछा र सागसब्जी मन पराउँछु । पेय पदार्थमा वियर पिउँछु ।

पहिरन मेरो बेस्ट पहिरन सारी हो । तर, हरेक दिन लगाउन सजिलो हुँदैन । म मौसम र परिस्थिति अनुसार सुहाउँदिलो पहिरन गर्छु । पहिरनले व्यक्तित्व झल्काउँछ । हामीले टे«ण्डी बन्नु पर्छ । नयाँ डिजाइनले लुक्स नयाँ देखिन्छ नै, फिलिंग्समा पनि नयाँपन आउँछ । नयाँपनले खुसी ल्याउँछ ।

सिनेमा म धेरै किसिमका चलचित्र हेर्छु । प्रेमकथाले मलाई छुन्छ । लाइट कमेडी फिल्म पनि मन पर्छ । मैले हलिउड र बलिउडका कति फिल्म दोहो¥याई तेहे¥याई हेरेकी छु । जस्तो कि टाइटानिक । त्यस्तै सिलसिला चलचित्र पनि दोहो¥याएकी छु । मलाई क्लासिक हिन्दी फिल्म पनि मन पर्छ । मलाई रियालिष्टिक फिल्ममा अभियन गर्ने मन छ ।

Buddha Air