भारतको घरेलु क्रिकेटमा पुग्न सीमावर्ती देश हुँदा पनि नेपालीका लागि निकै कठिन यात्रा हो । आर्थिक हिसाब र मैदानभित्रको प्रदर्शनबाट भारतले विश्व क्रिकेटमा एकछत्र जस्तै राज गरिरहेको छ । नेपाल भने विश्व क्रिकेटमा भर्खर अघि बढ्दै गरेको राष्ट्र हो । त्यसैले आधिकारिक हिसाबमा भारतको क्रिकेटमा पुग्न नेपाललाई धेरै चुनौती छ ।
उमेरले १८ वर्ष पुग्न बाँ की नै रहे पनि नेपाली राष्ट्रिय टोलीमा सन्दीप लामिछाने स्थापित बलर हुन् । यिनै किशोरले त्यो चुनौती पार गर्दै भारतीय क्रिकेटमा पाइला टेक्ने अवसर पाएका छन् । त्यो पनि ग्ल्यामर्स र पैसाले भरिएको विश्वकै सबैभन्दा ठूलो मानिएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटबाट । डिसेम्बर अन्तिम साता, २०१७ मा भारतको बेंग्लोरुमा भएको आईपीएल अक्सनमा नेपालका सनसनीपूर्ण लेग स्पिनर सन्दीपमा भाउ लागेको थियो । फ्रेन्चाइज टोली दिल्ली डेयरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा खरिद ग¥यो ।
लर्डस : लर्डस भनेको लर्डस नै हो, यसको ऐ तिहासिक आफ्नै महत्व छ । यस मैदानमा खे ल्न पाउनु म आफूलाई भाग्यमानी सम्झन्छु । खेलाडी: सचिन तेन्दुलकर र सेन वार्न
गायक र ब्यान्ड: राजु लामा र मंगोलियन हार्ट घुम्न मन लाग्ने स्थान: इलाम र मुस्ताङ |
अक्सनमा २० लाख भारु खेलाडीका लागि खर्चिने सबैभन्दा कम रकम थियो । तर, त्यसले नै नेपाली क्रिकेटमा नयाँ इतिहास बनाइसकेको थियो, आईपीएलमा पुग्ने सन्दीप पहिलो नेपाली खेलाडी बनेर । शक्ति गौचन सन् २०१२ मा राजस्थान रोयल्समा ट्रायल र प्रशिक्षण लिन गएका थिए । त्यसको अर्को वर्ष भुवन कार्कीले राजस्थानमै गएर प्रशिक्षण गर्ने अवसर पाए पनि व्यवस्थापकीय अभावमा उनको त्यो मौका चुकेको थियो ।
आईपीएलको अक्सनका लागि आवेदन परेका १ हजारभन्दा बढी खेलाडी सूचीबाट छोट्याउँदा सन्दीपको नाम पनि परेको हो । लेग ब्रेक गुगली बलर सन्दीप अक्सनमा भाउ लाग्ने टेस्ट खेल्ने राष्ट्र बाहिरका एक्लो खेलाडी रहे । त्यसअघि सन्दीपलाई नेट्समै बोलाएर दिल्लीका प्रशिक्षक रिकी पोन्टिङसहितको टोलीले बलिङ हेरेको थियो । दिल्ली डेयरडेभिल्स जीएमआर इन्फ्रास्ट्रक्चर लिमिटेडको स्वामित्वमा छ । डेयरडेभिल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुआले अक्सनमा सन्दीपलाई लिएपछि नेपालमा क्रिकेट निकै पछ्याइनुका साथै फाइदा पुग्ने प्रतिक्रिया दिएका थिए ।
अक्सनको पहिलो दिन सन्दीप नेपाली टोलीसँगै विश्व क्रिकेट लिग डिभिजन २ को तयारीलाई यूएई जाँदै थिए । दोस्रो दिन उनलाई अक्सनमा भाउ लागेको थियो । त्यतिखेर नेपाली क्रिकेट टोली दुबईको आईसीसी ग्लोबल एकेडेमी मैदानमा प्रशिक्षण गरिरहेको थियो । नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले सन्दीपलाई त्यही खबर सुनाएका थिए । त्यसयता दिल्ली डेयरडेभिल्सको टोलीले सोसल मिडियामा सन्दीपको हरेक गतिविधि पछ्याइरहेको छ । नामिबियामा भएको डिभिजन २ मा सन्दीपको अर्को सनसनी प्रदर्शनले डेयरडेभिल्सलाई पनि निकै उत्साही बनाएको सोसल मिडियामा प्रस्ट झल्कन्थ्यो । नामिबियामा १७ विकेट लिँदै सन्दीप म्यान अफ द सिरिजमा चुनिएका थिए । उनको प्रदर्शनमा नेपाल विश्वकप छनोटमा पुग्यो । सन्दीप आफू डेयरडेभिल्सको सम्पर्कमा रहिरहेको बताउँछन् । सन् २०१६ मा नामिबियासँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलबाट नेपाली राष्ट्रिय टोलीबाट खेल्दै आएका सन्दीपले १८ खेलबाट ३४ विकेट लिइसकेका छन् ।
सन्दीपको जन्म स्याङ्जाको आरुचौरमा भएको हो । उनका बुवा चन्द्रनारायण २०२८ सालमा रोजगारीका लागि भारत गएका थिए । उनी हरियाणा रेल्वेमा कर्मचारी थिए । सन्दीप पनि बुवा–आमासँगै भारत लागे । भारतमा उनले ६–७ वर्ष बिताए । त्यहाँ उनले युजभेन्द्र चाहाल लगायतका खेलाडीसँग पनि खेले । सन्दीप १३ वर्षको हुँदा उनी नेपाल आएर क्रिकेट खेल्ने निर्णयमा पुगे । भिनाजु अनिल न्यौपानेले सन्दीपका अभिभावकलाई सहमत गराएर नेपाल लिएर आए । त्यसपछि उनी दिदी इन्दुसँगै नवलपरासीको रजहरमा बस्न थाले । अहिले भने सन्दीपको घर चितवन सौराहास्थित चित्रासारीमा छ ।
चितवन जिल्ला क्रिकेट संघले चितवन क्रिकेट एकेडेमी भनेर सञ्चालन गरिरहेको थियो । त्यही एकेडेमीमा भर्ना हुन सन्दीप चितनवको क्याम्पाचौर पुगे । एकेडेमीका प्रशिक्षक थिए नेपालका पूर्व कप्तान राजु खड्का । खड्काकै प्रशिक्षणमा सन्दीपको क्रिकेट प्रतिभा थप तिखारियो । सन्दीप प्रतिभाशाली थिए । एकेडेमीको प्रशिक्षणले उनको खेललाई एक तह माथि पु¥यायो । तीन वर्ष उनले एकेडेमीमा प्रशिक्षण गरे । नेपालका तत्कालीन प्रशिक्षक पुबुदु दासानायके काम विशेषले चितवन पुग्नु सन्दीपका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । पुबुदुले सन्दीपको प्रतिभा देखेर उनलाई सिधै राष्ट्रिय क्रिकेटको संरचनामा ल्याए । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली क्रिकेटको भद्रगोल व्यवस्थापनका कारण दिँदै आएको फन्डिङ रोकेको अवस्था थियो । त्यसले राष्ट्रिय प्रतियोगिताहरू हुन छाडेका थिए । यस्तो स्थितिमा दासानायकेले सन्दीपलाई राष्ट्रिय क्रिकेटको प्रशिक्षण क्याम्पमा नल्याएको भए उनलाई नेपाली क्रिकेटसम्म पुग्न अझै समय लाग्न सक्थ्यो वा क्याम्पाचौरमा हराइरहेका पनि हुनसक्थे ।
सन्दीपले बंगलादेशमा २०१६ को जनवरी यू–१९ विश्वकप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटको ढोका खोलेका थिए । सुरुमा ४–५ पटक क्याम्पमा परेर फालिएका खेलाडी हुन् सन्दीप । त्यसैले पहिलोपल्ट नेपालको यू–१९ टोलीमा पर्दा घुँडा टेकेर रोएको दिन सम्झन उनलाई बेला–बेला बाध्य बनाउँछ । विश्वकपमा न्युजिल्यान्डलाई पराजित गर्नु, आयरल्यान्डसँग ह् याट्रिक गर्नु, त्यही प्रदर्शनमा नेपाल दोस्रो चरणमा प्रवेश गर्नु उनका स्मरणीय क्षणहरू हुन् ।
सन्दीपको बलिङ नेपाली राष्ट्रिय टोली |
पीडा पनि उनले यू–१९ मै धेरै भोगेका छन् । जुलाईमा सिंगापुरमा भएको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा नेपालको केही लागेन । अफगानिस्तानसँग घुँडा टेक्यो । यसले विश्वकपमा पुग्ने नेपालको बाटो बन्द गरिदियो । जबकि सन्दीपले २४ विकेट लिएका थिए । एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले लिएको यो सबैभन्दा बढी विकेट हो । नेपाल छनोट नभएपछि उनी नेपाली यू–१९ को कप्तानमा रहेनन् । दीपेन्द्रसिंह ऐरी नेपाली यू–१९ का नयाँ कप्तान बने । नेपालले एसीसी यू–१९ इस्टर्न रिजनल प्रतियोगिता जित्दै एसिया कपमा स्थान बनायो । सन्दीप १६ विकेटसाथ म्यान अफ द सिरिज चुनिएका थिए ।
टाइम लाइन
|
---|
उनले नेपालबाट यू–१९ मा कुल २७ खेल खेले । उनको नाममा कुल ७२ विकेट रह्यो । मलेसियामा अक्टोबर २०१७ मा सम्पन्न एसीसी यू–१९ एसिया कप सन्दीपले उमेर समूहबाट खेलेको अन्तिम प्रतियोगिता हो, जहाँ उनले ९ विकेट लिएका थिए । भारतसँगको खेलमा १ विकेट मात्र लिए पनि त्यसले नेपाललाई ऐतिहासिक १९ रनको जित दिलाएको थियो । भारतसँग सबै खाले खेलमा नेपालको त्यो पहिलो जित थियो । सन्दीपको आईपीएलसम्मको यात्रामा यो पनि प्रमुख कारण थियो । अर्को महत्वपूर्ण भूमिका अस्ट्रेलियाका विश्वकप विजयी कप्तान माइकल क्लार्कले गरेका थिए । गत वर्ष हङकङ ब्ल्ट्जि खेल्न हङकङ खेल्न जानु पनि सन्दीपको खेल जीवनको अर्को टर्निङ प्वाइन्ट बन्यो । त्यहाँ गरेको केबल ३ ओभर बलिङले क्लार्कलाई प्रभावित बनाएको थियो । त्यसयता क्लार्क उनको मेन्टर बन्दै आएका छन् । हङकङपछि क्लार्कले नै सन्दीपलाई अस्ट्रेलियामा लागि आफ्नो एकेडेमीमा प्रदर्शन गराउनुका साथै ग्रेड क्रिकेट खेलाएका थिए ।
बंगलादेशको ट्वान्टी–२० प्रतियोगिता बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगको ड्राफ्टमा उनको नाम थियो, तर भाउ लागेको थिएन । आईपीएल अक्सनबाट उनले ठूलो छलाङ मारेका छन् । हरेक दिन चुनौती र त्यसबाट खुसी लिएर जानुपर्छ भन्ने सिद्धान्त सन्दीपको छ । वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्टबाट ५ हजार अमेरिकी डलरमा सन्दीप सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्समा छानिएका थिए । अगस्ट ८ देखि सेप्टेम्बर १६ सम्म हुने सीपीएलमा उनले वेस्ट इन्डिजका आक्रामक ओपनर क्रिस गेयलसहित अस्ट्रेलियाका बेन कटिङ, टम कुपर, बंगलादेशका मोहम्मद महम्दुल्लाह र जिम्बावेका कप्तान ग्रिम क्रिमरसँगैं खेल्ने छन् । ड्राफ्टमा परिसकेका छन् । उनी लामो यात्राका लागि तयार छन् । उनको यही यात्राले नेपाली क्रिकेटमा पनि नयाँ तरङ्ग ल्याउन सक्छ ।