फ्रान्सको च्याम्पियन शैली

फ्रान्सको च्याम्पियन शैली

 

 DB Basnet Senior Captain Buddha Air pvt. Ltd Jawalakhel‘इंग्ल्यान्ड सेमिफाइनल पुग्नुलाई 
भाग्यमानी ठान्छु’

डीबी बस्नेत, वरिष्ठ क्यापटेन, बुध्द एयर

मेरो समर्थन इंग्ल्यान्डलाई थियो । इंग्ल्यान्ड सेमिफाइनल पुग्नुलाई भाग्यमानी ठान्छु, किनभने रक्षापंक्ति निकै कमजोर थियो । स्ट्राइकिङ फोर्स पनि खासै जम्न सकेको थिएन । ह्यारी केन राम्रा स्ट्राइकर हुन् तर उनको ३ गोल पेनाल्टीमा थियो । इंग्ल्यान्ड फाइनलसम्म पुग्न उनी अझै चुस्त हुनुपथ्र्यो । यसपल्ट इंग्ल्यान्डलाई फाइनलमा पुग्ने राम्रो मौका थियो, तर त्यो उठाउन सकेन । इंग्ल्यान्डको युथ टोली भएकाले भविष्यमा आशा गर्ने ठाउ“ चाहि“ छ । ब्राजिल विश्वकपको दाबेदार मानिएको थियो । त्यस्तै बलिया टोली भनिएकाहरू अर्जेन्टिना, जर्मनी, स्पेन पनि चा“डै आउट भएकाले यो विश्वकपमा अनुमान गर्न धेरै गार्हाे भएको थियो । क्रोएसियाको यात्रा त्यसैको परिणाम थियो । फ्रान्स राम्रा खेलाडीका कारण बलियो टिम थियो । 

दिमिट्री पायेट र लरेन्ट कोसिइन्लीलाई चोटका कारण गुमाएको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले एन्थोनी मार्सिएल र एड्रियन राबिओटलाई टिममै राखेनन् । यो स“गै उनले रणनीतिमा आलोचना पनि खेप्दै आएका थिए । विश्वकप छनोटमा लक्जेम्बर्ग जस्तो कमजोर मानिएको टिमसँग फ्रान्सको पराजयपछि डेसच्याम्पको खुबीमाथि औंला ठडिएको थियो ।


विश्वकपमा फ्रान्सको सुरुवात सोचेअनुरुप हुन सकेको थिएन । फ्रान्सलाई समूह चरणमै अप्ठ्यारो परेको थियो । नकआउट चरण पुगेपछि खुलेर खेल्न लागेको फ्रान्सले आफ्नो प्रतिष्ठाअनुरुप खेलेको थियो । अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको फ्रान्सले क्वाटरफाइनलमा उरुग्वेलाई २–० ले र सेमिफाइनलमा बेल्जियमलाई १–० ले पराजित गरेको थियो । एन्टोइन ग्रिजमान, किलियन एमबाप्पे, ह्युगो लोरिस, राफेल भारान, पाउल पोग्बा, एनगोलो कान्टे जस्ता खेलाडी रहेको फ्रान्स प्रत्येक खेलस“गै खारिएको थियो ।


समूह चरणमा उत्कृष्ट खेलेको क्रोएसिया फाइनल पुग्दा थकित भइसकेको थियो । क्रोएसियाले नकआउट चरणका तीन खेल नै अतिरिक्त समयसम्म खेल्नुपरेको थियो । अन्तिम १६ र क्वाटरफाइनलमा क्रमशः डेनमार्क र रुसलाई पेनाल्टी सुटआउटमा पन्छाएको क्रोएसियाले सेमिफाइनलमा पनि अतिरिक्त समयमै इंग्ल्यान्डलाई पराजित गरेको थियो । लुका मोड्रिच, इभान राकिटिच, डानियल सुबासिच, डेजान लोभरेन, मार्सेलो ब्रोजोभिच, मारिया मान्जुकिचले क्रोएसियालाई निकै बलियो टोलीको रूपमा रुसमा उतार्दै फाइनलसम्म डोर्याए ।

 

 बुद्धिसागर, लेखक ‘मेरो समर्थन क्रोएसियालाई थियो’
बुद्धिसागर, लेखक 

सवैभन्दा गम्भिर रुपमा विश्वकप हेरेको यहीपटक हो, एउटा खेल पनि छोडिन । क्लब फुटबल म हेर्दिन । पहिला क्लब फुटबल नहेर्दा खेलाडीको बारेमा धेरै थाहा हुदैन्थ्यो । यसपटक विश्वकप देखि क्लब फुटबल पनि हेरिन्छ की जस्तो लागेको छ, किनभने अव खेलाडी पनि चिनियो । अर्जेन्टिनाको पहिला देखि नै प्रशंसक हु“, तर अर्जेन्टिनाको टिममा यो पटक धेरै बेहाल थियो । क्रोएसिया, बेल्जियमको खेल यो पटक धेरै राम्रो लाग्यो । अर्को विश्वकप देखि यिनीहरूको पनि समर्थन गरिन्छ की जस्तो छ । फ्रान्सको म पहिला देखि नै समर्थक त होइन तर २००६ को विश्वकपमा जिनेदिन जिदानले इटालीका खेलाडीलाई टाउकोले छातिमा हानेको थाहा छ । फ्रान्सले यस पटक राम्रो खेल्दै आएपछि जित्छ जस्तो लाग्न थालिहाल्यो । फ्रान्सले एकपटक जितिसकेको भएर क्रोएसियाले जितोस् भन्ने थियो, त्यही भएर फाइनलमा मेरो समर्थन क्रोएसियालाई थियो । जापानको पनि खेल मलाई मनपर्छ । होन्डाको खेल राम्रो लाग्यो । आफ्नै अर्जेन्टिनासहित जापान र क्रोएसिया हार्दा चित्त दुखेको थियो ।  

फाइनलमा क्रोएसियाको केही चलेन । केही हदसम्म फ्रान्सलाई भाग्यले साथ दियो । फ्रान्स त्यसै बलियो पनि थियो, नतिजा ४–२ ले टोलीको पक्षमा रह्यो । मान्जुकिचको आत्मघाती गोलबाट अग्रता लिएको फ्रान्सले ग्रिजमानको पेनाल्टीमा दोस्रो गोल गर्यो । त्यसमा पोग्बा र एमबाप्पेले अरु गोल थपे । ग्रिजमानको पेनाल्टी भिडियो असिस्टेन्ट रेफ्री ९भार० को सहयोगमा आएको थियो । अर्थात रेफ्रीले आवश्यक परेको खण्डमा भारको सहयोग लिन्थे । फ्रान्सलाई समूह चरणमा पनि भारको सहयोग मिलेको थियो । भारले खेलको गतिलाई केही रोके पनि यसले दुवै टोलीलाई न्याय दिएको थियो र विवाद कम गरेको छ ।


फ्रान्स दोस्रो पटक विजेता बन्यो । डेसच्याम्पले खेलाडी र प्रशिक्षक भएर विश्वकप जित्ने केवल तेस्रो व्यक्ति बन्दै आलोचकलाई चुप लगाए । फ्रान्सले १९९८ मा पहिलो पटक विश्वकप जित्दा डेसच्याम्प कप्तान थिए । यसअघि ब्राजिलका मारियो जागालो र जर्मनीका फ्रेन्ज बेकनबाउरले पनि खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए । ब्राजिलका जागालोले १९७० मा खेलाडी र १९९४ मा प्रशिक्षक तथा बेकनबाउरले कप्तानका रूपमा १९७४ मा पश्चिम जर्मनीलाई १९७४ मा विजेता बनाए भने १९९० मा प्रशिक्षकको भूमिकामा जर्मनीलाई च्याम्पियन बनाएका थिए ।


सेमिफाइनलमा पराजित हुने दुई टोली बेल्जियम र इंग्ल्यान्डमा खासै भिन्नता रहेन । बेल्जियम १९८६ र इंग्ल्यान्ड १९९० पछि पहिलो पटक सेमिफाइनल पुगेका थिए र उनीहरूको यात्रा त्योभन्दा माथि उठ्न सकेन । इंग्ल्यान्डलाई प्लेअफमा पराजित गर्दै तेस्रो हुनु बेल्जियमको हकमा विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन थियो । सन् १९८६ मा यसअघि एकपटक मात्र विश्वकपमा सेमिफाइनल पुग्दा बेल्जियम चौथो भएको थियो ।


बेल्जियमको दुर्भाग्य ६ खेलमा विजय हात पारेर पनि विश्वकपको उपाधि उचाल्न नसक्ने टोलीमा आफूलाई उभ्यायो । ६ खेलमा जित हात पारेर पनि विश्वकप उपाधि उचाल्न नसक्ने बेल्जियम केवल चौथो टोली बन्यो । बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग १–० ले पराजित भएको थियो । त्यही हार नै ‘स्वर्णिम पुस्ता’ मानिएको बेल्जिमको उपाधि यात्रामा बाधक बन्यो । १९७४ मा पोल्यान्डले विश्वकपमा सबभन्दा पहिला यो तथ्य छोएको थियो । त्यसपछि १९९० मा इटाली र २०१० मा नेदरल्यान्ड्सले पनि ६ खेल जित्दा पनि विश्वकपको ट्रफी उठाउन सकेका थिएनन् । इटाली १९९० मा सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स २०१० मा स्पेनसँग फाइनलमा मात्र पराजित भएका थिए ।

 Shakti Gauchan‘मेरो समर्थन अर्जेन्टिनाभन्दा लियोनल मेसीलाई थियो’
शक्ति गौचन, क्रिकेटर

सानो हु“दादेखि नै म्याराडोनाको नाम सुन्दै उसैको खेल हेर्दै अर्जेन्टिनाको टिम पछ्याउन लागेको हो । ममीलाई सानोमा अर्जेन्टिनाको जर्सी पनि किन्न लगाएको थिए“ । त्यही लगाएर म स्कुलमा फुटबल खेल्थें । ९–१० वर्षपछि मात्र फुटबल खेल्न लागेको हु“ । त्यसैले पनि म अर्जेन्टिनाका समर्थक हु“ । यस पटक मेरो समर्थन अर्जेन्टिनाभन्दा लियोनल मेसीलाई थियो । तर अर्जेन्टिना मुस्किलले नकआउट चरणमात्र पुग्यो । मेसीको माया लागेर आयो । त्यसपछि रोमेलु लुकालुलाई समर्थन थियो ।

त्यो पनि सेमिफाइनलमा हार्यो । फ्रान्स र क्रोएसिया दुवै फाइनल पुग्छन् जस्तो लागेको थिएन । तर अर्जेन्टिनालाई हराएपछि फ्रान्स माथि जान्छ भनेर अलिकति आशा चाहि“ लागेको थियो । त्यही पनि बेल्जियमले रोक्ला जस्तो लागेको थियो । क्रोएसियाको त खासै खेल हेरिन“ । तर हाइलाइट्स हेर्दा लुका मोड्रिचको नेतृत्वमा एउटा टिम भएर खेलेजस्तो देखिन्थ्यो । 


बेल्जियमका १० फरक खेलाडीले यस विश्वकपमा गोल गर्दै १९८२ मा फ्रान्स र २००६ मा इटालीका १०–१० खेलाडीले सर्वाधिक गोल गरेको कीर्तिमान बराबरी गरे । समूह चरणमा इंग्ल्यान्डसहित सबै तीन खेल जितेको बेल्जियमले नकआउट चरणमा जापानसँग दोस्रो हाफमा दुई गोलले पछाडि परे पनि उत्कृष्ट पुनरागमन गरेको थियो । अर्को खेलमा ‘युनिभर्सल फेवरेट’ ब्राजिललाई २–१ ले पराजित गरेपछि बेल्जियमलाई विश्वकपको नया“ च्याम्पियनको रूपमा हेरिएको थियो । तर फ्रान्सले सेमिफाइनलमा परिपक्व खेल खेलेपछि बेल्जियमको केही लागेन ।


इंग्ल्यान्डको युवा टोलीले केही हदसम्म सोचेभन्दा राम्रो प्रदर्शन गरे । अर्को इंग्ल्यान्डलाई समूह पनि सजिलो परेको थियो । ट्युनिसिया र पानामासम्मिलित समूहबाट सजिलै निस्किएको इंग्ल्यान्डले अन्तिम १६ मा आएर पेनाल्टी जिङ्क्सलाई तोडेको थियो । कोलम्बियासँग त्यो विजयले इंग्ल्यान्डलाई ठूलो बल प्रदान गरेको थियो । इंग्ल्यान्डले स्वीडेनलाई क्वार्टरफाइनलमा हराउन खासै मेहनत गर्नुपरेन । क्रोएसियासँग अतिरिक्त समयमा पराजयपछि इंग्ल्यान्डको यात्रा सेमिफाइनमा टुंगियो । कुल ३ खेलमात्र जित्न सकेको इंग्ल्यान्डले ३ खेलमै पराजय बेहोर्यो । त्यसमा दुई पराजय बेल्जियमसँग नै थियो ।


सबैभन्दा ठूलो आश्चर्य २०१४ को विजेता जर्मनीको प्रदर्शनले दियो । जर्मनी आफ्नो पहिलो खेलमै मेक्सिकोसँग पराजित भयो । दोस्रो खेलमा मुस्किलले स्वीडेनलाई पराजित गरेको जर्मनीलाई अन्तिम खेलमा दक्षिण कोरियाले २–० ले माथ दियो । जर्मनी समूह चरणबाटै बाहिरियो । २००२ को विजेता ब्राजिलपछि उपाधि जितेका राष्ट्रहरू त्यसलगत्तैका संस्करणमा दोस्रो चरण पुग्न सकेका छैनन् । २०१० मा इटाली र २०१४ मा स्पेन पनि विश्व विजेताको रुपमा पहिलो चरणबाटै बाहिरिएका थिए । नयाँ र अनुभवी खेलाडीको सन्तुलन रहेको दाबी प्रशिक्षक जोचिम लोले गरे पनि मैदानमा त्यो नदेखिँदा जर्मनीले इतिहासमै नसोचेको पराजय भोग्नुपर्यो ।


अर्जेन्टिना छनोट चरणमा जस्तो थियो रुसमा पनि त्यस्तो नै रह्यो । विश्वकप छनोटमै अर्जेन्टिनालाई ठूलो कसरत गर्नुपरेको थियो । इक्वेडरसँगको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेपछि मात्र अर्जेन्टिनाले विश्वकपको टिकट काटेको थियो । रुसमा पनि अर्जेन्टिनाको हविगत विश्वकप छनोटकै जस्तै रह्यो । पहिलो खेलमै आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनालाई अर्को खेलमा क्रोएसियाले ३–० ले माथ दियो । बल्लतल्ल नाइजेरियालाई अन्तिम खेलमा पन्छाएको अर्जेन्टिनालाई फ्रान्सले त्योभन्दा माथि जान दिएन । पोर्चुगल अन्तिम १६ भन्दा माथि उठेन । मेसीसँग विश्वको उत्कृष्ट खेलाडीमा लगातार प्रतिस्पर्धी रहँदै आएका क्रिस्टियानो रोनाल्डोका लागि सान्त्वना के थियो भने उनले


ह्याट्रिक गर्दै प्रतियोगितामा आफ्नो सुरुआत गरेका थिए । उनको ह्याट्रिकमा पोर्चुगलले स्पेनसँग ३–३ को नतिजामात्र निकाल्न सकेको थियो । उनले आफ्नो खातामा अर्को गोल पनि थपे । पोर्चुगललाई अन्तिम १६ मा उरुग्वेले रोकिदियो ।


स्पेनले रुसमा विश्वकपमा सुरु हुनु एकदिन अगाडि प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गर्दा त्यसको सम्पूर्ण असर टोलीमा पर्यो । स्पेन फुटबल महासंघको स्वीकृति नलिई रियल म्याड्रिडको प्रशिक्षकमा नियुक्त हुने निर्णय गरेकाले लोपेटेगुईलाई स्पेनले हटाउने निर्णय गर्दै फर्नान्डो हिइरोलाई जिम्मा दिएको थियो । समूह चरणमै स्पेनको प्रभाव देखिएको थिएन । मोरक्कोसँग टोलीले मुस्किलले हार जोगाउँदै २–२ को नतिजा निकालेको थियो । तर रुसले स्पेनलाई अन्तिम १६ मा पेनाल्टी सुट आउटबाट घर पठाइदियो । घरेलु टोली रुसले सोचभन्दा धेरै राम्रो खेल्यो । समूह चरणमा कुनै गोल नखाई अगाडि बढेको उरुग्वेलाई इडिन्सन काभानीको चोट महँगो पर्यो । काभानीबिना उरुग्वेले क्वाटरफाइनलमा फ्रान्सलाई खासै ठूलो चुनौती दिन सकेन । क्वाटरफाइनलमा पुग्ने अर्को टोली स्वीडेनलाई आफैंमा त्यो ठूलो सफलता थियो ।

 

Benisha Hamal and Worldcup‘ब्राजिल हारेपछि त विश्वकप नै सकिएजस्तो भयो’
बेनिशा हमाल, अभिनेत्री

ब्राजिल हारेपछि त मेरा लागि विश्वकप नै सकिएजस्तो भयो । तर फाइनलसम्मै खेल हेरें । फाइनल क्रोएसियाले नै जित्दिए हुन्थ्यो भन्ने लागेको थियो । फ्रान्स बलियो त छ तर यसअघि पनि विश्वकप जितिसकेकोले गर्दा क्रोएसियाले पहिलो पटक कप लगोस् भन्ने लागेको हो । फेरि क्रोएसियाका लागि फाइनल पुग्नु पनि ठूलो थियो । क्रोएसियाको त पहिले म्याच नै पनि हेरेको थिइन“ । राम्रो खेलिरहेको छ भन्ने चाहि“ सुनिरहेकी थिए“ । सेमिफाइनल हेर्दा भने एकदमै राम्रो टोली लाग्यो । त्यसो त विश्वकपको समूह चरण चल्दै गर्दा मेक्सिको, बेल्जियम, स्पेन पनि राम्रै लागेका थिए । आखिर फ्रान्स च्याम्पियन भयो ।

एसियाबाट जापानमात्र दोस्रो चरणमा पुग्यो । जापानले पहिलो चरणमै कोलम्बियालाई पराजित गरेको थियो । २–१ को उक्त ऐतिहासिक नतिजासँगै जापान विश्व फुटबलको शक्तिशाली राष्ट्र मानिएको दक्षिण अमेरिकी राष्ट्रमाथि विजय हात पार्ने पहिलो राष्ट्र बन्यो । जापानको दोस्रो चरण यात्रा त्यति सहज बनेन । पहिलो खेल हारेर पनि समूह ‘एच’ का बाँकी दुई खेल जित्दै कोलम्बिया विजेता बन्यो । जापान र सेनेगलको अंक, गोलभिन्नता, गोल, खर्चेको सबै समान बन्दा फेयर प्लेका आधारमा जापान दोस्रो चरणमा पुग्यो । एसियाली राष्ट्रमा दक्षिण कोरिया, अस्ट्रेलिया, साउदी अरेबिया, इरान पहिलो चरणमै सीमित भए । अफ्रिकन राष्ट्रबाट कुनै पनि टोलि दोस्रो चरण पुग्न सकेनन् । जबकी विश्व विजेता फ्रान्समा अफ्रिकी मुलका १४ खेलाडी थिए ।


पेरुबाहेक सबै ४ दक्षिण अमेरिकी राष्ट्र दोस्रो चरणमा पुगे । क्वाटरफाइनलमा उरुग्वे र ब्राजिललेमात्र दक्षिण अमेरिकाको प्रतिनिधित्व गरेका थिए । यो यस्तो विश्वकप थियो जुन अर्जेन्टिना, ब्राजिल र जर्मनी बिना पहिलो सेमिफाइनल भइरहेको थियो ।