फ्रान्सको च्याम्पियन शैली
06 August, 2018
Buddha Air
फ्रान्सको च्याम्पियन शैली

 

 DB Basnet Senior Captain Buddha Air pvt. Ltd Jawalakhel‘इंग्ल्यान्ड सेमिफाइनल पुग्नुलाई 
भाग्यमानी ठान्छु’

डीबी बस्नेत, वरिष्ठ क्यापटेन, बुध्द एयर

मेरो समर्थन इंग्ल्यान्डलाई थियो । इंग्ल्यान्ड सेमिफाइनल पुग्नुलाई भाग्यमानी ठान्छु, किनभने रक्षापंक्ति निकै कमजोर थियो । स्ट्राइकिङ फोर्स पनि खासै जम्न सकेको थिएन । ह्यारी केन राम्रा स्ट्राइकर हुन् तर उनको ३ गोल पेनाल्टीमा थियो । इंग्ल्यान्ड फाइनलसम्म पुग्न उनी अझै चुस्त हुनुपथ्र्यो । यसपल्ट इंग्ल्यान्डलाई फाइनलमा पुग्ने राम्रो मौका थियो, तर त्यो उठाउन सकेन । इंग्ल्यान्डको युथ टोली भएकाले भविष्यमा आशा गर्ने ठाउ“ चाहि“ छ । ब्राजिल विश्वकपको दाबेदार मानिएको थियो । त्यस्तै बलिया टोली भनिएकाहरू अर्जेन्टिना, जर्मनी, स्पेन पनि चा“डै आउट भएकाले यो विश्वकपमा अनुमान गर्न धेरै गार्हाे भएको थियो । क्रोएसियाको यात्रा त्यसैको परिणाम थियो । फ्रान्स राम्रा खेलाडीका कारण बलियो टिम थियो । 

दिमिट्री पायेट र लरेन्ट कोसिइन्लीलाई चोटका कारण गुमाएको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले एन्थोनी मार्सिएल र एड्रियन राबिओटलाई टिममै राखेनन् । यो स“गै उनले रणनीतिमा आलोचना पनि खेप्दै आएका थिए । विश्वकप छनोटमा लक्जेम्बर्ग जस्तो कमजोर मानिएको टिमसँग फ्रान्सको पराजयपछि डेसच्याम्पको खुबीमाथि औंला ठडिएको थियो ।


विश्वकपमा फ्रान्सको सुरुवात सोचेअनुरुप हुन सकेको थिएन । फ्रान्सलाई समूह चरणमै अप्ठ्यारो परेको थियो । नकआउट चरण पुगेपछि खुलेर खेल्न लागेको फ्रान्सले आफ्नो प्रतिष्ठाअनुरुप खेलेको थियो । अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको फ्रान्सले क्वाटरफाइनलमा उरुग्वेलाई २–० ले र सेमिफाइनलमा बेल्जियमलाई १–० ले पराजित गरेको थियो । एन्टोइन ग्रिजमान, किलियन एमबाप्पे, ह्युगो लोरिस, राफेल भारान, पाउल पोग्बा, एनगोलो कान्टे जस्ता खेलाडी रहेको फ्रान्स प्रत्येक खेलस“गै खारिएको थियो ।


समूह चरणमा उत्कृष्ट खेलेको क्रोएसिया फाइनल पुग्दा थकित भइसकेको थियो । क्रोएसियाले नकआउट चरणका तीन खेल नै अतिरिक्त समयसम्म खेल्नुपरेको थियो । अन्तिम १६ र क्वाटरफाइनलमा क्रमशः डेनमार्क र रुसलाई पेनाल्टी सुटआउटमा पन्छाएको क्रोएसियाले सेमिफाइनलमा पनि अतिरिक्त समयमै इंग्ल्यान्डलाई पराजित गरेको थियो । लुका मोड्रिच, इभान राकिटिच, डानियल सुबासिच, डेजान लोभरेन, मार्सेलो ब्रोजोभिच, मारिया मान्जुकिचले क्रोएसियालाई निकै बलियो टोलीको रूपमा रुसमा उतार्दै फाइनलसम्म डोर्याए ।

 

 बुद्धिसागर, लेखक ‘मेरो समर्थन क्रोएसियालाई थियो’
बुद्धिसागर, लेखक 

सवैभन्दा गम्भिर रुपमा विश्वकप हेरेको यहीपटक हो, एउटा खेल पनि छोडिन । क्लब फुटबल म हेर्दिन । पहिला क्लब फुटबल नहेर्दा खेलाडीको बारेमा धेरै थाहा हुदैन्थ्यो । यसपटक विश्वकप देखि क्लब फुटबल पनि हेरिन्छ की जस्तो लागेको छ, किनभने अव खेलाडी पनि चिनियो । अर्जेन्टिनाको पहिला देखि नै प्रशंसक हु“, तर अर्जेन्टिनाको टिममा यो पटक धेरै बेहाल थियो । क्रोएसिया, बेल्जियमको खेल यो पटक धेरै राम्रो लाग्यो । अर्को विश्वकप देखि यिनीहरूको पनि समर्थन गरिन्छ की जस्तो छ । फ्रान्सको म पहिला देखि नै समर्थक त होइन तर २००६ को विश्वकपमा जिनेदिन जिदानले इटालीका खेलाडीलाई टाउकोले छातिमा हानेको थाहा छ । फ्रान्सले यस पटक राम्रो खेल्दै आएपछि जित्छ जस्तो लाग्न थालिहाल्यो । फ्रान्सले एकपटक जितिसकेको भएर क्रोएसियाले जितोस् भन्ने थियो, त्यही भएर फाइनलमा मेरो समर्थन क्रोएसियालाई थियो । जापानको पनि खेल मलाई मनपर्छ । होन्डाको खेल राम्रो लाग्यो । आफ्नै अर्जेन्टिनासहित जापान र क्रोएसिया हार्दा चित्त दुखेको थियो ।  

फाइनलमा क्रोएसियाको केही चलेन । केही हदसम्म फ्रान्सलाई भाग्यले साथ दियो । फ्रान्स त्यसै बलियो पनि थियो, नतिजा ४–२ ले टोलीको पक्षमा रह्यो । मान्जुकिचको आत्मघाती गोलबाट अग्रता लिएको फ्रान्सले ग्रिजमानको पेनाल्टीमा दोस्रो गोल गर्यो । त्यसमा पोग्बा र एमबाप्पेले अरु गोल थपे । ग्रिजमानको पेनाल्टी भिडियो असिस्टेन्ट रेफ्री ९भार० को सहयोगमा आएको थियो । अर्थात रेफ्रीले आवश्यक परेको खण्डमा भारको सहयोग लिन्थे । फ्रान्सलाई समूह चरणमा पनि भारको सहयोग मिलेको थियो । भारले खेलको गतिलाई केही रोके पनि यसले दुवै टोलीलाई न्याय दिएको थियो र विवाद कम गरेको छ ।


फ्रान्स दोस्रो पटक विजेता बन्यो । डेसच्याम्पले खेलाडी र प्रशिक्षक भएर विश्वकप जित्ने केवल तेस्रो व्यक्ति बन्दै आलोचकलाई चुप लगाए । फ्रान्सले १९९८ मा पहिलो पटक विश्वकप जित्दा डेसच्याम्प कप्तान थिए । यसअघि ब्राजिलका मारियो जागालो र जर्मनीका फ्रेन्ज बेकनबाउरले पनि खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए । ब्राजिलका जागालोले १९७० मा खेलाडी र १९९४ मा प्रशिक्षक तथा बेकनबाउरले कप्तानका रूपमा १९७४ मा पश्चिम जर्मनीलाई १९७४ मा विजेता बनाए भने १९९० मा प्रशिक्षकको भूमिकामा जर्मनीलाई च्याम्पियन बनाएका थिए ।


सेमिफाइनलमा पराजित हुने दुई टोली बेल्जियम र इंग्ल्यान्डमा खासै भिन्नता रहेन । बेल्जियम १९८६ र इंग्ल्यान्ड १९९० पछि पहिलो पटक सेमिफाइनल पुगेका थिए र उनीहरूको यात्रा त्योभन्दा माथि उठ्न सकेन । इंग्ल्यान्डलाई प्लेअफमा पराजित गर्दै तेस्रो हुनु बेल्जियमको हकमा विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन थियो । सन् १९८६ मा यसअघि एकपटक मात्र विश्वकपमा सेमिफाइनल पुग्दा बेल्जियम चौथो भएको थियो ।


बेल्जियमको दुर्भाग्य ६ खेलमा विजय हात पारेर पनि विश्वकपको उपाधि उचाल्न नसक्ने टोलीमा आफूलाई उभ्यायो । ६ खेलमा जित हात पारेर पनि विश्वकप उपाधि उचाल्न नसक्ने बेल्जियम केवल चौथो टोली बन्यो । बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग १–० ले पराजित भएको थियो । त्यही हार नै ‘स्वर्णिम पुस्ता’ मानिएको बेल्जिमको उपाधि यात्रामा बाधक बन्यो । १९७४ मा पोल्यान्डले विश्वकपमा सबभन्दा पहिला यो तथ्य छोएको थियो । त्यसपछि १९९० मा इटाली र २०१० मा नेदरल्यान्ड्सले पनि ६ खेल जित्दा पनि विश्वकपको ट्रफी उठाउन सकेका थिएनन् । इटाली १९९० मा सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स २०१० मा स्पेनसँग फाइनलमा मात्र पराजित भएका थिए ।

 Shakti Gauchan‘मेरो समर्थन अर्जेन्टिनाभन्दा लियोनल मेसीलाई थियो’
शक्ति गौचन, क्रिकेटर

सानो हु“दादेखि नै म्याराडोनाको नाम सुन्दै उसैको खेल हेर्दै अर्जेन्टिनाको टिम पछ्याउन लागेको हो । ममीलाई सानोमा अर्जेन्टिनाको जर्सी पनि किन्न लगाएको थिए“ । त्यही लगाएर म स्कुलमा फुटबल खेल्थें । ९–१० वर्षपछि मात्र फुटबल खेल्न लागेको हु“ । त्यसैले पनि म अर्जेन्टिनाका समर्थक हु“ । यस पटक मेरो समर्थन अर्जेन्टिनाभन्दा लियोनल मेसीलाई थियो । तर अर्जेन्टिना मुस्किलले नकआउट चरणमात्र पुग्यो । मेसीको माया लागेर आयो । त्यसपछि रोमेलु लुकालुलाई समर्थन थियो ।

त्यो पनि सेमिफाइनलमा हार्यो । फ्रान्स र क्रोएसिया दुवै फाइनल पुग्छन् जस्तो लागेको थिएन । तर अर्जेन्टिनालाई हराएपछि फ्रान्स माथि जान्छ भनेर अलिकति आशा चाहि“ लागेको थियो । त्यही पनि बेल्जियमले रोक्ला जस्तो लागेको थियो । क्रोएसियाको त खासै खेल हेरिन“ । तर हाइलाइट्स हेर्दा लुका मोड्रिचको नेतृत्वमा एउटा टिम भएर खेलेजस्तो देखिन्थ्यो । 


बेल्जियमका १० फरक खेलाडीले यस विश्वकपमा गोल गर्दै १९८२ मा फ्रान्स र २००६ मा इटालीका १०–१० खेलाडीले सर्वाधिक गोल गरेको कीर्तिमान बराबरी गरे । समूह चरणमा इंग्ल्यान्डसहित सबै तीन खेल जितेको बेल्जियमले नकआउट चरणमा जापानसँग दोस्रो हाफमा दुई गोलले पछाडि परे पनि उत्कृष्ट पुनरागमन गरेको थियो । अर्को खेलमा ‘युनिभर्सल फेवरेट’ ब्राजिललाई २–१ ले पराजित गरेपछि बेल्जियमलाई विश्वकपको नया“ च्याम्पियनको रूपमा हेरिएको थियो । तर फ्रान्सले सेमिफाइनलमा परिपक्व खेल खेलेपछि बेल्जियमको केही लागेन ।


इंग्ल्यान्डको युवा टोलीले केही हदसम्म सोचेभन्दा राम्रो प्रदर्शन गरे । अर्को इंग्ल्यान्डलाई समूह पनि सजिलो परेको थियो । ट्युनिसिया र पानामासम्मिलित समूहबाट सजिलै निस्किएको इंग्ल्यान्डले अन्तिम १६ मा आएर पेनाल्टी जिङ्क्सलाई तोडेको थियो । कोलम्बियासँग त्यो विजयले इंग्ल्यान्डलाई ठूलो बल प्रदान गरेको थियो । इंग्ल्यान्डले स्वीडेनलाई क्वार्टरफाइनलमा हराउन खासै मेहनत गर्नुपरेन । क्रोएसियासँग अतिरिक्त समयमा पराजयपछि इंग्ल्यान्डको यात्रा सेमिफाइनमा टुंगियो । कुल ३ खेलमात्र जित्न सकेको इंग्ल्यान्डले ३ खेलमै पराजय बेहोर्यो । त्यसमा दुई पराजय बेल्जियमसँग नै थियो ।


सबैभन्दा ठूलो आश्चर्य २०१४ को विजेता जर्मनीको प्रदर्शनले दियो । जर्मनी आफ्नो पहिलो खेलमै मेक्सिकोसँग पराजित भयो । दोस्रो खेलमा मुस्किलले स्वीडेनलाई पराजित गरेको जर्मनीलाई अन्तिम खेलमा दक्षिण कोरियाले २–० ले माथ दियो । जर्मनी समूह चरणबाटै बाहिरियो । २००२ को विजेता ब्राजिलपछि उपाधि जितेका राष्ट्रहरू त्यसलगत्तैका संस्करणमा दोस्रो चरण पुग्न सकेका छैनन् । २०१० मा इटाली र २०१४ मा स्पेन पनि विश्व विजेताको रुपमा पहिलो चरणबाटै बाहिरिएका थिए । नयाँ र अनुभवी खेलाडीको सन्तुलन रहेको दाबी प्रशिक्षक जोचिम लोले गरे पनि मैदानमा त्यो नदेखिँदा जर्मनीले इतिहासमै नसोचेको पराजय भोग्नुपर्यो ।


अर्जेन्टिना छनोट चरणमा जस्तो थियो रुसमा पनि त्यस्तो नै रह्यो । विश्वकप छनोटमै अर्जेन्टिनालाई ठूलो कसरत गर्नुपरेको थियो । इक्वेडरसँगको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेपछि मात्र अर्जेन्टिनाले विश्वकपको टिकट काटेको थियो । रुसमा पनि अर्जेन्टिनाको हविगत विश्वकप छनोटकै जस्तै रह्यो । पहिलो खेलमै आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनालाई अर्को खेलमा क्रोएसियाले ३–० ले माथ दियो । बल्लतल्ल नाइजेरियालाई अन्तिम खेलमा पन्छाएको अर्जेन्टिनालाई फ्रान्सले त्योभन्दा माथि जान दिएन । पोर्चुगल अन्तिम १६ भन्दा माथि उठेन । मेसीसँग विश्वको उत्कृष्ट खेलाडीमा लगातार प्रतिस्पर्धी रहँदै आएका क्रिस्टियानो रोनाल्डोका लागि सान्त्वना के थियो भने उनले


ह्याट्रिक गर्दै प्रतियोगितामा आफ्नो सुरुआत गरेका थिए । उनको ह्याट्रिकमा पोर्चुगलले स्पेनसँग ३–३ को नतिजामात्र निकाल्न सकेको थियो । उनले आफ्नो खातामा अर्को गोल पनि थपे । पोर्चुगललाई अन्तिम १६ मा उरुग्वेले रोकिदियो ।


स्पेनले रुसमा विश्वकपमा सुरु हुनु एकदिन अगाडि प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गर्दा त्यसको सम्पूर्ण असर टोलीमा पर्यो । स्पेन फुटबल महासंघको स्वीकृति नलिई रियल म्याड्रिडको प्रशिक्षकमा नियुक्त हुने निर्णय गरेकाले लोपेटेगुईलाई स्पेनले हटाउने निर्णय गर्दै फर्नान्डो हिइरोलाई जिम्मा दिएको थियो । समूह चरणमै स्पेनको प्रभाव देखिएको थिएन । मोरक्कोसँग टोलीले मुस्किलले हार जोगाउँदै २–२ को नतिजा निकालेको थियो । तर रुसले स्पेनलाई अन्तिम १६ मा पेनाल्टी सुट आउटबाट घर पठाइदियो । घरेलु टोली रुसले सोचभन्दा धेरै राम्रो खेल्यो । समूह चरणमा कुनै गोल नखाई अगाडि बढेको उरुग्वेलाई इडिन्सन काभानीको चोट महँगो पर्यो । काभानीबिना उरुग्वेले क्वाटरफाइनलमा फ्रान्सलाई खासै ठूलो चुनौती दिन सकेन । क्वाटरफाइनलमा पुग्ने अर्को टोली स्वीडेनलाई आफैंमा त्यो ठूलो सफलता थियो ।

 

Benisha Hamal and Worldcup‘ब्राजिल हारेपछि त विश्वकप नै सकिएजस्तो भयो’
बेनिशा हमाल, अभिनेत्री

ब्राजिल हारेपछि त मेरा लागि विश्वकप नै सकिएजस्तो भयो । तर फाइनलसम्मै खेल हेरें । फाइनल क्रोएसियाले नै जित्दिए हुन्थ्यो भन्ने लागेको थियो । फ्रान्स बलियो त छ तर यसअघि पनि विश्वकप जितिसकेकोले गर्दा क्रोएसियाले पहिलो पटक कप लगोस् भन्ने लागेको हो । फेरि क्रोएसियाका लागि फाइनल पुग्नु पनि ठूलो थियो । क्रोएसियाको त पहिले म्याच नै पनि हेरेको थिइन“ । राम्रो खेलिरहेको छ भन्ने चाहि“ सुनिरहेकी थिए“ । सेमिफाइनल हेर्दा भने एकदमै राम्रो टोली लाग्यो । त्यसो त विश्वकपको समूह चरण चल्दै गर्दा मेक्सिको, बेल्जियम, स्पेन पनि राम्रै लागेका थिए । आखिर फ्रान्स च्याम्पियन भयो ।

एसियाबाट जापानमात्र दोस्रो चरणमा पुग्यो । जापानले पहिलो चरणमै कोलम्बियालाई पराजित गरेको थियो । २–१ को उक्त ऐतिहासिक नतिजासँगै जापान विश्व फुटबलको शक्तिशाली राष्ट्र मानिएको दक्षिण अमेरिकी राष्ट्रमाथि विजय हात पार्ने पहिलो राष्ट्र बन्यो । जापानको दोस्रो चरण यात्रा त्यति सहज बनेन । पहिलो खेल हारेर पनि समूह ‘एच’ का बाँकी दुई खेल जित्दै कोलम्बिया विजेता बन्यो । जापान र सेनेगलको अंक, गोलभिन्नता, गोल, खर्चेको सबै समान बन्दा फेयर प्लेका आधारमा जापान दोस्रो चरणमा पुग्यो । एसियाली राष्ट्रमा दक्षिण कोरिया, अस्ट्रेलिया, साउदी अरेबिया, इरान पहिलो चरणमै सीमित भए । अफ्रिकन राष्ट्रबाट कुनै पनि टोलि दोस्रो चरण पुग्न सकेनन् । जबकी विश्व विजेता फ्रान्समा अफ्रिकी मुलका १४ खेलाडी थिए ।


पेरुबाहेक सबै ४ दक्षिण अमेरिकी राष्ट्र दोस्रो चरणमा पुगे । क्वाटरफाइनलमा उरुग्वे र ब्राजिललेमात्र दक्षिण अमेरिकाको प्रतिनिधित्व गरेका थिए । यो यस्तो विश्वकप थियो जुन अर्जेन्टिना, ब्राजिल र जर्मनी बिना पहिलो सेमिफाइनल भइरहेको थियो ।

Table of contents
Share article
facebookinstagramlinkedin