‘फलानो’ : अर्थात् राजेश केसी

‘फलानो’ : अर्थात् राजेश केसी

उनका कार्टुनमा सधैं ढाका टोपी लगाएको एउटा मान्छे हुन्छ–फलानो । सर्वसाधारणको प्रतिनिधित्व गर्छ त्यसले । लोकप्रिय कार्टुनिष्ट राजेश केसी पछिल्लो समय एकपछि अकोर्  उद्यमशिलताको भर्याङ चढ्दै छन् । फलानो ब्राण्डकै लुगा र कफी घर खोलेसँगै ने पालीमाझ उनको ‘फलानो’ ब्राण्ड स्थापित भैसक्यो ।

ने पाली पत्रकारिता जगतका लोकप्रिय कार्टुनिष्ट राजेश केसीको जीवनमा पहिलोपटक लिखित पाठक प्रतिक्रिया प्राप्त भयो –०५२ सालमा । झापाली राजनीतिज्ञ एवं चिन्तक सिके प्रसाइँले लेखेको पत्र कान्तिपुर दैनिकमा प्रकाशित भयो । प्रसाइँले घोषणा गरेका थिए, ‘एक दिन राजेश पनि शंकर जस्तै बन्नेछन् ।’

शंकर एक जना भारतीय कार्टुनिष्टको नाम । कार्टुनिष्ट आरके लक्ष्मण भन्दा अगाडि चर्चित थिए उनी । खासमा आर.के. लक्ष्मणबाटै प्रभावित भएर कार्टुनतिर लागेका कलाकार हुन् केसी ।

के थियो त त्यो कार्टुनमा ? 
नेपालमा ०५० सालको बाढीले पुलहरू भत्काएको थियो, ठूलो क्षति पुर्याएको थियो । राहतको माग बढिरहेका बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हेलिकप्टरमा गएर भाषण गरे । त्यही विषयमा केन्द्रीत भएर केसीले कार्टुन बनाए । त्यसमा प्रधानमन्त्री कोइराला र उनका सुरक्षाकर्मी दौडिरहेको र पछिपछि गाउँलेले लखेटेको दृश्य छ । सुरक्षाकर्मी भन्दैछन्,  ‘मैले त हजुरलाई भनेकै थिएँ, यहाँ आउँदा कमसेकम के ही बिस्कुट भए पनि ल्याउनुपर्छ ।’

भाषण मात्र राहत लिएर गएका प्रधानमन्त्रीमाथिको तिखो व्यंगचित्र देखेपछि बिरामी भएर आराम गरिरहेका प्रसाईँले हाँसो थाम्न सकेनन् । प्रतिक्रिया नलेखि उनको मनले मानेन । केसीको कार्टुन संग्रहको अन्तिम पातोमा पढ्न पाइन्छ त्यो प्रतिक्रिया ।

आजसम्म उनले हजारौंको संख्यामा कार्टुन बनाइसके । धारिला, चोटिला र पेचिला हुन्छन् उनका कार्टुन । तिनमा आँखा पर्नेवित्तिकै त्यसमा लेखिएका शब्द पढि नभ्याउँदै हाँसो को फोहोरा छुट्न थाल्छ । कहिलेकाहिँ त पेट मिचि मिचि हाँस्नु पर्छ । 

सामाजिक चेत भएका प्रभावशाली कार्टुनिष्ट हुन्–राजेश केसी । पत्रकारिताको पुस्तक भन्छ–‘एउटा तस्बिरले हजार शब्द बोल्छ ।’ त्यसो भए कार्टुनले कति शब्द बोल्ला ? हजारौं शब्दमा व्यक्त गर्न नसकिने कुरा एउटै कार्टुनले बोल्छ । त्यसैले कार्टुन प्रभावकारी सञ्चार माध्यम हो । व्यंग्य मिसिएका चित्रले विसंगती विरुद्ध कडा प्रहार गर्छन् ।

‘म जातिय, धार्मिक र लैंगिक सद्भाव नभड्कियोस् भनेर आफ्ना लागि आफैं लक्ष्मण रेखा तयार गर्छु । सद्भावको सीमा नाघ्नु हुँदैन भन्नेमा हामी सचेत हुनु पर्छ’, उनी भन्छन् । भ्रष्टाचारीको बोलवाला भएको मुलुक कार्टुन सृजनाका हिसाबले उर्बर मानिन्छ । भ्रष्टाचार, बेथिति र विसंगती विरुद्धै हो कलाकारले धाबा बोल्ने । मुलुकलाई माया गर्ने कलाकार सधैं न्यायपूर्ण समाजको पक्षमा वकालत गर्छ । यस हिसाबले र ाजेश पनि समाज सुधार अभियन्ता हुन् । 

अचेल उनी बाह्रखरी डटकम र अन्नपूर्ण पोष्ट दै निकका लागि कार्टुन बनाउँछन् । उनले कार्टुन यात्रामा धेरै आरो ह–अवरोह पार गरेका छन् । सर्वसाधारणबाट स्याबासी पाए पनि फटाहाहरूबाट धम्की र खप्की व्यहोर्नु परेको छ ।

उनको व्यावसायिक कार्टुन यात्रा कान्तिपुर दैनिकबाट सुरु भएको थियो । त्यसो त विद्यालय जीवनदेखि नै चित्रकलामा रुचि थियो । कक्षा ३ पढ्दैखेरी चित्र बनाएर राष्ट्रियस्तरमा पुरष्कृत भएका थिए । उनको पहिलो कार्टुन राइजिङ नेपालमा छापिएको थियो २०४८ सालमा । उनले हुलाकबाट म यस्तो कार्टुन बनाउन सक्छु भनेर सम्पादकलाई पत्र पठाएका थिए । त्यसको केही दिनपछि सम्पादक श्यामबहादुर केसीको फोन आयो र त्यो कार्टुन कभर पे जमै छापियो । त्यसमा चुनावको टिकट पाउन पार्टी कार्यालयमा भएको भिड दे खिन्छ । 

‘पहिलो कार्टुन छापिँदा आफूलाई सेलिब्रिटी नै सम्झें’, केसी मुस्कुराउँछन्, ‘कार्टुन बनाउँदा मनमा आनन्द मिल्छ ।’

सरकारी मिडिया भएकाले गोरखापत्र संस्थानमा स्वतन्त्र रुपमा कार्टुन बनाउन पाँईदैन थियो । त्यहाँ अडिएन उनको मन । आफ्नै मनलाई बन्धकी राखेर कसैले सृजना गर्न सक्दैन ।

कान्तिपुर दैनिकको प्रकाशन आरम्भ ०४९ फागुन ७ देखि हुन थाल्यो । त्यसमा ‘गजब छ बा !’ स्तम्भमा दिनदिनै कार्टुन बनाउन थाले उनी । उनले कान्तिपुरको नमुना (डमी) अंकमै कार्टुन बनाएका थिए ।

त्यसबेला कान्तिपुरका सम्पादक थिए योगेश उपाध्याय (जो हाल अमे रि कामा छन्) । कार्टुन कलामा सधैं ‘फलानो’लाई उभ्याउन केसीले साधारण मान्छेका ३५ वटा चित्र बनाएका थिए, त्यसमध्ये एउटालाई सम्पादक उपाध्यायसँग बसेर छनोट गरे । जुन फलानो झन् झन् तन्नेरी भएर आज पर्यन्त खबरदारी गरिरहेको छ ।

फलानो नाउँ कसले राखिदियो त ? 
बरिष्ठ पत्रकार कनकमणि दिक्षितले ‘फलानो’ नाउँ जुराइदिएका थिए । कान्तिपुरपछि उनले केही समय हिमाल खबरपत्रिकामा पनि कार्टुन बनाए । समयसँगै कान्तिपुरबाट श्रीसगरमाथा, इन्डिपेन्डेन्ट विक्ली, दृष्टि साप्ताहिक, हिमाल खबरपत्रिका, फेरि कान्तिपुर, दैनिकी, नागरिक दैनिक, सेतोपाटी हुँदै बाह्रखरीसम्म आइपुग्दा उनले धेरै गहकिला कार्टुन बनाए । तिनले जनजनका मनमनमा ठूलो प्रभाव छाडेका छन् । 

पत्रकारिता एवं कलाको ज्ञान र व्यंग्य चेतना भएको कलाकारले मात्र राम्रो कृति सृजना गर्न सक्छ । हरेक कलाकारको आ–आफ्नै शैली हुन्छ । 

हाम्रोमा नेताहरूको काटुर्न धेरै बनाइन्छ । तिनलाई ठ्याक्कै चिन्न सक्ने बनाउनु पर्ने केसी बताउँछन् । नेताको अनुहार र जिउडाल ख्याल गरि न्छ । गिरिजाप्रसादको लामो नाक, माधव नेपालको जुँगा, झलनाथ खनालको पुक्क गाला, प्रचण्डका बाक्ला जुँगा र पछाडि फर्केको कपाल, डा. बाबुर ामको चिउँडो र जुँगा, देउवाको आँखी भुइँ ठूलो, चारपाटे फ्रेमको चश्मा र त्रिकोणात्मक ओठको आकृति बनाइन्छ ।

अब ‘फलानो’ कार्टुनमा मात्र सिमित रहेन, उद्यमी राजेश केसीको ब्राण्ड नै बनिसक्यो । उनी फलानो ब्राण्डमै लुगा र कफीघर चलाउँछन् । उनको फोटो ब्लग फलानो डटकम पनि चालु छ । ट्वीटर हयाण्डल ‘फलानो’मा सवा दुई लाख फलोअर छन् ।

आम मान्छेले उनको कार्टुनिष्ट अवतार मात्र चिनेका छन् । उनी चाहिँ कार्टुनिष्ट भन्दा बढी उद्यमीका रुपमा फैलिँदैछन् । स्वदेशमा मात्र होइन, विदेशमा समेत उनको उद्योग विस्तार हुँदैछ ।

उनको फलानो कफीघर र फलानो लुगामा प्रत्यक्ष ४० जनाले रोजगारी पाएका छन् । त्यसैगरी उनले गर्ने आउट सोर्सिङ मार्फत पनि धेरैले काम पाएका छन् । उनकै साझेदारी रहेको बाह्रखरी डटकममा पनि ३५ पत्रकार व्यस्त छन् । उनी दुई वर्षभित्र नवलपरासीमा फलानो रिसोर्ट बनाउन होमवर्क गर्दैछन् ।

हेर्दाहेर्दै उद्यमी बने राजेश केसी
फलानो लुगामा उनी विशेषतः टिर्शट र हुडी उत्पादन गर्छन् । त्यसमा नेपालीपन झल्कने उनका चित्र र कलात्मक अक्षर हुन्छन् । त्यसका ९० प्रतिशत ग्राहक नेपाली हुन् । नेपालमा त लगाउने नै भए, विदेश कोसेली लै जानु पर्दा पनि नेपालीहरू फलानो लुगा नै लान्छन् ।

उद्यमले सन्तुष्टि दिलाएको छ उनलाई । फलानो लुगा सन् २०१२ मा खोलेका हुन् । त्यसको कारखाना हरिसिद्धि, ललितपुरमा छ । आउटलेट चाहिँ हरिसिद्धी फ्याक्ट्री, सुन्धाराको सिभिल टे«ड सेन्टर र पुल्चोकको साझा लाइनमा छ । 

पुल्चोक, साझा यातायात प्रांगणमै छ फलानो कफी घर पनि । यो ०७२ भदौदेखि सञ्चालनमा आएको हो जसले अग्र्यानिक कफी प्रवद्र्धन गर्छ । ललितपुरको ठूला दुर्लुङ क्षेत्रमा उत्पादित कफी खपत गरिन्छ । उनको रे ष्टुँर ामा झानेको मम र कफी बढी रुचाइएका परिकारमा पर्छन् । 
‘ग्रयाब एन्ड गो’ भन्दै कफी बेच्न काठमाडौंमा ५ वटा फ्रेन्चाइज दिने उनको योजना छ ।

‘धरान, पोखरा, वुटवल र चितवनबाट पनि आउटलेट खोल्ने माग आएको छ’, उनी भन्छन्, ‘तर, हामी हतारिएका छैनौं ।’ युरोप आउटलेटको लागि भने फलानो लुगाको तयारी भैरहेको छ । लुगासँगै कफीघर पनि जोड्दै लाने योजनामा छन् केसी ।

उद्यमी केसीको मन्त्र छ– पहिला आफुप्रति इमान्दार बन्नु पर्छ । व्यापार मा पनि इमान्दारीता र धैर्य हुनुपर्छ । अनि गुणस्तर कायम राखी ग्राहकलाई खुशी पारे, पैसा त आफैं बर्सिन्छ ।

नेपाली उत्पादन विदेशमा स्थापित गराउने उनको प्रयास प्रशंसायोग्य छ । उनको उद्यमशीलताको कथाले धेरैलाई प्रेरित गर्नेछ ।

बहुमुखी प्रतिभाका धनी हुन् उनी । फोटोग्राफी उनको शौख । कान्तिपुर को शनिबारे परिशिष्टांक कोसेलीमा सन् २००१ देखि सन् २००७ सम्म ‘मेरो ने पाल’ स्तम्भमा नेपालको ल्याण्डस्केप, जीवनशैली र संस्कृति झल्कने उनका तस्बिर छापिए । फोटोसँगै गीतको भाका मिलाएको शीर्षक खुब मीठो हुन्थ्यो । 

घुमफिरमा पनि असाध्यै रुचि राख्छन् उनी । अन्नपूर्ण, मुक्तिनाथ, कालापत्थर, राराताल, मानसरोवर धेरैतिर पदयात्रा गरिसके । बेलाबेलामा परि वारिक यात्रा पनि गर्छन् । यात्राका रोमाञ्चक क्षणहरूलाई मनमा मात्रै हो इन, क्यामेरामा पनि संग्रह गर्छन् । फोटो खिच्नै भनेर कालापत्थरको चिसोमा ८ घन्टासम्म बसेको क्षण बिर्सन सकिएला र ! त्यस्तै ५ दिनसम्म कुर्दा पनि मानसरोवरमा कैलाशको टुप्पोमात्रै खिचेर फर्कनु पर्दाको अलिनो क्षण मनमा आलै छ । 

फोटोग्राफीका लागि हेलिटुर समेत गर्छन् । फलानो डटकमले उनको फोटोग्राफी कला झल्काउँछ । उनी मुलुकभित्र बरोबर घुमिरहन्छन् । उनलाई पुगिहालौं जस्तो लागे को भुःस्वर्ग हो– खप्तड । 

उनको शौख संगीतमा पनि छ । गीत गुनगुनाउँछन् । नेपथ्यका गायक अमृत गुरुङ, आभाष, संजय श्रेष्ठलगायतसँग उनको राम्रो हिमचिम छ । त्यसबाहेक मुलुकका मुर्धन्य स्रष्टाहरू राष्ट्रकवि माधवप्रसाद घिमिरे, अम्बर गुरुङलगायतसँगको मनग्य भेटघाटबाट उनले धेरै ज्ञान बटुलेका छन् । 
धेरैले थाहा नपाएको उनको अर्को शौख हो–गायन । उनको स्वरमा आधुनिक गीत रेकडेर्ड छन् । सन् १९९० तिर रेडियोमा पनि बज्थे ती । ‘तर थोरै’ उनि भन्छन् । उनले आफैं लेखे, आफैं संगीत भरे र आफैं गाए । संगीत आफ्नो विधा होइन भन्ने लागेपछि उनले गाउन छोडिदिए । 
उनलाई लाग्छ– फोटोग्राफी, चित्रकारिता र संगीत बिना उनको संसार चल्दैन । 

प्रकृतिको सामिप्यताले उनलाई कलाकार बनायो । उनी काठमाडौंको लैनचौरमा जन्मे÷हुर्के पनि स्कुलमा मिन पचासको विदा हुँदा पुख्र्यौली थलो सेहरी (नवलपरासी) पुग्थे । नारायणीको किनारै किनार डुल्थे । थारु समुदायसँग उठबस गर्थे ।

उनको गाउँमा थारु र कुमालका बस्ती छन् । उनी थारु भाषा थारु सरह नै बोल्छन् । ‘कहिलेकाहीं आफूलाई थारु बताउँदा पत्याउँछन् पनि’ उनी खुशी व्यक्त गर्छन् । बाल्यकालमा रमाएको त्यही नारायणी किनारमा ‘फलानो रिसोर्ट’ खोल्ने सपना छ उनको । प्लानिङ गर्न, नारायणीको चिसोमा रमाउन हिजोआज पनि बरोबर त्यतै पुग्छन् ।

सेहरीलाई पर्यटनधाम बनाउने उनको लक्ष्य छ । उनले दुई दशक लामो जापानी नागरिकहरूसँगको संगतबाट अतिथि सत्कार र सेवाको महत्व बुझेका हुन् । मिडियामा छँदै विगतमा उनी ट्रान्स हिमालयन टुर्स, होटल एभरेष्ट भ्यू र सूर्य ट्राभल्समा काम गर्थे । दुई दशकमा उनले हस्पिटालिटी बिजिनेश राम्ररी बुझे ।

उद्यमीका रुपमा स्थापित भैसके पनि उनलाई चिनारी दिलाएको कार्टुनले नै हो । उनी भन्छन्, ‘दिमाग र हात चलुञ्जेल कार्टुन बनाउँछु ।’

फर्केर हेर्दा चिन्तक सिके प्रसाईँको अनुमान सही साबित भयो । उनको आशिबार्द लाग्यो केसीलाई । त्यसैले त फलानो बनेर पत्रकारिताको फूलबारीमा मग्मगाउँदैछन् र ाजे श केसी । उनलाई सफलताको शुभकामना !

अविष्मरणीय क्षण

  • मैले कान्तिपुरमा कार्टुन बनाउन थालेको दुई वर्षसम्म धेरैलाई कार्टुनिष्ट राजेश केसी मै हुँ भन्ने थाहा थिएन् । ट्राभल एजेन्सीको काममा एकपटक विमानस्थल पुगेका बे ला दुई बर्षसम्म सँगै काम गरेका त्यहाँका एक कर्मचार ीले मलाई भने, ‘राजेशजी ! हेर्नुस् त यो मान्छेले गज्जब कार्टुन बनाउँछ । सँधै एउटैले बनाउँछ ।’ उनका कुरा सुनेर म मनमनै हाँसे ।
  • मेरी जीवनसाथी प्रिया थापा नेपाल वायुसेवाको वरिष्ठ एयर होस्टेस हुन् । बिहे अघि ट्राभल एजेन्सीमा काम गनेर्  भएकाले उनीसँग देखभेट भैरहन्थ्यो । हाम्रो बोलचाल भने भएको थिएन । उनले पनि ४ वर्षपछि मात्र थाहा पाइन् कि कार्टुनिष्ट राजेश केसी मै हुँ भन्ने ।
  •  एकपटक कान्तिपुर र काठमाडौं पोष्टमा सुस्ता अतिक्रमण गरेको कार्टुन छापियो । त्यसमा भारतीय प्रधानमन्त्री मनमो हन सिंह नेपालमा बसेको र खुट्टा चाहिँ आफ्नोतिर राखेको देखाइएको छ । अनि त्यसमा लेखिएको छ ‘ तिम्रो ठाउँमा मैले टेकेको छैन ।’ त्यो छापिएपछि भारतीय दुतावासबाट “पित पत्रकारिता भयो” भन्ने आरोप लगाउँदै कडा पत्र आयो र कान्तिपुरमा छापियो ।
  • राजाबाट कु भएपछि ०६२÷०६३ को आन्दोलनताका मो बाइल फोन पनि बन्द भयो । सेनाका मान्छे राजेश केसी खो ई भन्दै कान्तिपुरमा आए । उनले राजा र सेना विरोधी कार्टुन नबनाउन संदेश दिए । कु गरेको दोस्रो दिन कार्टुुन छापियो–गर्भवती श्रीमतीका लागि एम्बुलेन्स लिन दौडँदै गरे को । त्यतिबेला विदेशी मिडियाले लेखे कि ‘लेखकहरूले लेख्न नसकेका कुरा नेपालका कार्टुनिष्टहरूले मेटाफोरिक हिसाबले पस्किरहेका छन् ।’
  • राजाले वैशाख ११ गते सत्ता छाड्नु १९ दिन अगाडि ने पाल म्यागेजिनमा रकेट आकारमा राजदरबार बनाइएको थियो । त्यसमा अंक लेखेर काउन्ट डाउन सुरु भएको संकेत गरि एको छ । त्यो कार्टुन पढेर ‘तँलाई टुँडिखेलमा घिर्साछौं’ भन्ने पाठक पत्रसमेत आएको थियो ।
  • त्रिशुलीमा बस दुर्घटना बढ्न थालेपछि त्यसको व्यंग्य गदैर्  मैले एउटा कार्टुन बनाए । त्यसमा बस चढ्नु अघि पौडी खेल्न सिकेर बस चढ्नु पर्ने बनाइएको थियो । बसमा लेखिएको थियो– स्वर्गद्वारी यातायात । अर्को दिन स्वर्गद्वारी नाउँको यातायात समितिबाट ‘क्षमा माग्नुस्’ भनेर पत्रै आयो ।
  • रेडियोले दिएको तरकारी बजारको भाउलाई व्यंग्य गरेर ४ वटा मात्रै नम्बर राखेर गृह मन्त्रालयको सम्पर्क नम्बर भनेर लेखेको थिएँ । मान्छेहरू अगाडिको नम्बर आफैं थपेर फोन गर्दा रहेछन् । त्यसरी फोन गर्दा बालुवाटारका सर्बसाधारणको घरमा पुग्दो रहेछ । यसरी फोन आउँदा उनी हैरान भएर दुखेसो पोखे । त्यसैले ‘आज कति कल आयो’ भनेर हरेक साँझ एक हप्तासम्म फोन गरेर मैले उनीसँग माफी मागें ।