आत्मीय होमस्टे

आत्मीय होमस्टे
सहरी जीवन सधैं हतारोमा बाँच्छ । जता हे¥यो उतै मान्छे, कोलाहल, प्रदुषण, गाडि र घरैघर । व्यस्त दैनिकीबाट केही समय उबारेर यात्रामा निस्कन सके तन र मन दुबैलाई रिचार्ज गर्न सकिन्छ । 

घुमफिरले ऊर्जा बढाउँछ । घुम्न विदेशै जानुपर्छ भन्ने छैन, स्वदेशमै छन् थुप्रै अनुपम गन्तव्य । आधुनिक होटल, लज, रिसोर्ट र रेष्टुँरा सुविधा भएका ठाउँहरू । दुई दशक यता हाम्रो पर्यटनमा नयाँ स्वाद थपिएको छ– ‘होमस्टे’ ।

स्याङ्जाको सिरुबारीबाट सुरु भएको होमस्टे सुविधासहितको गाउँ पर्यटनको सिको मुलुकभित्रका धेरै गाउँले गरिसकेका छन् । पर्यटकलाई होटलमा होइन आफ्नै घरमा परिवारकै सदस्यका रुपमा सम्मानपूर्व बसाउने सुविधा नै होमस्टे हो । 

पाहुना राख्ने घरमा सफा ओढ्ने÷ओच्छयाउने भएका छुट्टै कोठा हुन्छन् । पाहुनालाई परिवारका सदस्यसँग एउटै भान्छामा खाना खुवाइन्छ । खाना बनाउन, तरकारी केलाउन वा बारीमा काम गर्न पाहुनाले सघाउन सक्छन् ।

सहरी भेकका बालबालिकालाई होमस्टेमा राखेर केही दिन गाउँ घुमाउन सके उनीहरू गाउँले जीवनशैली बुझ्न सक्छन् । चामल कहाँबाट आउँछ, गाइभैंसीले दुध कसरी दिन्छन्, तरकारी कसरी फल्छ प्रत्यक्ष देख्न पाउँछन् । उनीहरूका लागि अनौपचारिक पाठशाला हुन् हाम्रा गाउँघर ।

होमस्टेमा सित्तैं बस्न पाइँदैन । केही रकम तिर्नुपर्छ । तर, त्यो रकम होटल वा रिसोर्टको भन्दा सस्तो हुन्छ । फरक के पाइन्छ भने होमस्टेमा बनाबटी होइन प्राकृतिक मुस्कान पाइन्छ । पैसाले किन्नै नसकिने आत्मीयता पाइन्छ । 

सिरुबारीलाई पच्छयाउँदै हिमाल, पहाड, तराई सबैतिर होमस्टे खुलेका छन् । गाउँपिच्छे भुगोल, रहनसहन, भेषभुषा, खानपान, इतिहास, संस्कृति आदि केही न केहीमा कुरामा विविधता पाइन्छ । 

यहाँ केही उत्कृष्ट होमस्टे गाउँको चर्चा गरिएको छ ।

सिरुबारी 
गुरुङ जीवनशैली, संस्कृति र आत्मीयताका लागि सिरुबारी प्रख्यात छ । सिरुबारी नेपालको पहिलो पर्यटन गाउँ । होमस्टे पर्यटनको पाठशाला पनि । आँधिखोला गाउँपालिका–१ स्याङ् जाको सुन्दर गुरुङ बस्तीलाई सिरुबारी (१,६१०मिटर) भनिन्छ । जहाँ गुरुङका ३९ घर छन् । ती मध्ये १७ घरमा होमस्टे सुविधा छ । 

होमस्टे पर्यटनको शुभारम्भ सिरुबारीबाटै भएको हो । गाउँको शिरानमा रहेको गोरुजुरे डाँडाबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमालको लामो लर्कन देखिन्छ । गाउँमा जंगल, गुम्बा, गुरुङ संग्रहालय र क्याप्टेन रुद्रमान गुरुङको जन्मघर लगायत सम्पदा छन् । रुद्रमानको जन्मघरलाई पनि संग्रहालयमा रुपान्तरण गर्ने योजना छ । 

दुई राते प्याकेजमा सिरुबारी घुम्नु उत्तम हुन्छ । 

कसरी पुग्ने : काठमाडौं–पोखरा २१० किमि बसमा ६ घन्टा । हवाई यात्रा २५ मिनेट । पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि । पोखराको पृथ्वीचोकबाट बिहान १०ः३०, ११ र दिउसो १ बजे छुट्ने सिरुबारी जाने बस छुट्छन् । बसमा ५ घन्टा । 

सम्पर्क : जुम गुरुङ–९८४६१५९३८८
संयोजक, पर्यटन विकास समिति सिरुबारी


अमलटारी 
चितवनको सौराहा जस्तै वाइल्ड लाइफ गतिविधिका लागि नवलपरासिको अमलटारीले ख्याती कमाएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र कावासोती नगरपालिका–१५ अमलटारीमा थारू, बोटे र मुसहर जातिको बसोबास छ ।

गाउँमा केही रिसोर्ट खुलेका छन् । ०७० जेठ ५ देखि बाघखोरमा होमस्टे सुरु गरिएकामा अहिले थारुका २१ र वोटेका ३ गरि २४ घरमा होमस्टे गराइन्छ । होमस्टेमा बसेर सांस्कृतिक कार्यक्रम, सामुदायिक वनमा हात्ती सफारी, नारायणीमा बोटिङ, थारू संग्रहालय भ्रमण, पोखरीमा फिसिङ, जंगलमा बर्ड वाचिङ र होमस्टेमा खाना तथा बास सुविधा लिन सकिन्छ । साँझ सामुदायिक भवनमा चौधरी र बोटे समुदायको नाच देखाइन्छ । 

कसरी पुग्ने : काठमाडौं–अमलटारी १८५ किमि । काठमाडौंबाट लुम्बिनी जाने बसमा कावासोती पर्तिर डन्डा बजारसम्म जाने । डन्डा बजारबाट ६ किमिमा अमलटारी । बजारमा लोकल बस पाइन्छ । त्यसले ४० मिनेटमा थारू भिलेज चोक पु¥याउँछ । 

सम्पर्क : प्रेम शंकर मर्दानी–९८१६४५२९२५ । संयोजक, अमलटारी मध्यवर्ति सामुदायिक होमस्टे

घलेगाउँ 
क्होंलासोथर गाउँपालिका–३ लमजुङको बस्तीलाई घलेगाउँ भनिन्छ । गाउँमा गुरुङका ८० र दलितका ४५ घर छन् । त्यहाँ चौबीसे राज्यकालमा घले राजाले शासन गरेका थिए । गाउँमा तिनै राजाको सालिक राखिएको छ । 

गाउँमा उत्तरकन्या मन्दिर, चिया बगान, भ्यू टावर, क्होईबो आदि सम्पदा छन् । त्यहाँबाट झलमल्ल हिमाल देखिन्छ–अन्नपूर्ण, माछापुच्छे«, लमजुङदेखि मनासलु हिमालसम्म । घलेगाउँ नजिकैका घनपोखरा र भुजुङ गाउँ पनि घुम्न लायक छन् । भुजुङमा होमस्टे सुविधा छ । 

घलेगाउँमा ०५७ सालमा १२ घरबाट होमस्टे सुरु गरिएकामा अहिले ३२ घरमा पाहुना राखिन्छ । दुई घर दलितका बाँकी ३० घर गुरुङका । साँझ पाहुनाको माग अनुसार साँस्कृतिक कार्यक्रम देखाइन्छ । 

कसरी पुग्ने : काठमाडौं–बेशिसहर १७२ किमि । काठमाडौंबाट बेशिसहरका लागि बस छुट्छन् । तीनले ५ घन्टामा गन्तव्य पु¥याउँछन् । बेशिसहर–घलेगाउँ २४ किमि । बेशिसहरबाट जीप रिजर्भ गरेर गाउँ जान सकिन्छ । हिँडेर जाँदा ६ घन्टा लाग्छ । 

सम्पर्क : प्रेम घले–९८५६०४५०१२ 
संयोजक, ग्रामीण पर्यटन विकास समिति
 

Rudraman gurung aka father of nepali homestay or father of village tourismफादर अफ भिलेज टुरिजम
क्याप्टेन रुद्रमान गुरुङको जीवनकथा स्कुल÷ कलेजका पाठ्यक्रममा समावेश गर्न सके मात्रै उनीप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।

ग्रामीण पर्यटनका कुरा गर्दा क्याप्टेन रुद्रमान गुरुङको नाउँ सबैभन्दा अगाडि आउँछ । नेपालमा होमस्टे सुविधासहित गाउँ पर्यटनको अबधारणा ल्याउने र त्यसलाई व्यवहारमा लागु गराउने नायक उनै हुन् । 

उनले आफ्नै गाउँ स्याङ्जाको सिरुबारीबाट होमस्टे पर्यटन शुभारम्भ गरेका थिए । हिजोको अनकण्टार गाउँ सिरुबारी आज संसारभर चिनिएको छ । त्यतिमात्र होइन, ग्रामीण पर्यटनको नमूना पाठशाला बनिसक्यो । सिरुबारीको सिको गरेर मुलुकभित्रका धेरै गाउँ पर्यटनको उज्यालोतिर लम्केका छन् । 

पर्यटकलाई होटल तथा लजमा होइन, आफ्नै भान्छामा खुवाएर घरकै कोठामा बसाउने विशिष्ट सुविधालाई होमस्टे (घरबास) भनिन्छ । शिष्ट बोली, पारिवारिक माहोल र आत्मीय व्यवहार होमस्टेका बिशेषता । 

अर्को कुरा होटल÷रेस्टुरेन्टबाट सीमित व्यक्तिले फाइदा पाउँछन् । सामुदायिक होमस्टेमा पाहुना बाँडेर घरघरमा राखिन्छ । यसरी सबैले कमाइको अवसर पाउँदा समाजमा शान्ति हुन्छ । 

सिरुबारी मोडल भिलेज बनिसक्यो । दीगो पर्यटनको सुत्र आँखामा आत्मियता, व्यवहारमा हार्दिकता र इमान्दारी हो । जुन सिरुबारीका गाउँलेमा पाइन्छ । 

अतिथि सत्कारको सिरुबारी प्याकेज आकर्षक छ । मिठो पनि । गाउँलेहरू पाहुनालाई गाउँको प्रवेशद्वारबाटै पञ्चैबाजा र फूलमालाले स्वागत गर्छन । बाजाको धुनसँगै गुम्बामा पु¥याउँछन् । बुद्धको दर्शन गराएर खाजा खुवाउँछन् । घुमफिर योजना बनाउँछन् । अनि पाहुनालाई घरघरमा बाँडिन्छ । र, गाउँ घुमाइन्छ । 

घुम्न मात्र होइन तालिम वा गोष्ठी गर्नु परेपनि संघसंस्था सिरुबारी पुग्छन् । अरु होमस्टे गाउँमा जस्तै सिरुबारीमा पनि धेरैजसो पुग्ने आन्तरिक पर्यटक नै हुन् । बेलाबेलामा विदेशीको समूह पनि आइपुग्छ । 

०५४ असोजमा सिरुबारीलाई नेपालकै पहिलो ग्रामीण पर्यटन गन्तव्य घोषणा गरिएको थियो । त्यस अघि पर्यटनको बिउ रोप्न क्याप्टेन रुद्रमानले निकै संघर्ष गर्नु प¥यो । उनले भारतीय सेनामा हुँदा ०२५ सालमै गाउँ पर्यटनको सपना देखेका थिए । जागिरबाट रिटायर्ड गाउँ फर्केर सामाजिक काममा होमिए । सांसद्समेत बनेर विकासका काममा अगुवाई गरे । 

बिस्तारै गाउँलेलाई बुझाएर ०४८ सालदेखि पर्यटन पूर्वाधार विकासका काममा जोड दिए । र, ०५४ असोजमा आएर मात्र पर्यटन गाउँ घोषणा गर्न सफल भए । माओवादी द्वन्द उत्कर्षमा रहेका बेला पर्यटनको बिउ रोपिएकाले सुरुका केही वर्ष खासै पर्यटक आएनन् । पछि पर्यटक बढ्दै गए । 
क्याप्टेनसाप्ले प्रमाणित गरिदिए कि संसारमा सपना देख्नेहरू नै सफल हुन्छन् । उनले सपना देखे । कर्म गरे । फल फल्यो । त्यो फल हामी सबैले चाख्न पाएका छौं । सिरुबारीको सफलताको कथाले आज देशभर होमस्टेको लहर छाएको छ ।

अनकण्टार गाउँलाई पर्यटकीय गन्तव्य बनाउँछु भन्नु आफैंमा दुस्साहस थियो । तर, उनले भिजन मात्र ल्याएनन्, व्यवहारमा लागु गरेरै देखाइदिए । उनले होमस्टे अवधारणा भित्र्याएको एक दशकपछि मात्रै नेपाल सरकारले पर्यटन ऐन ०६५ मा होमस्टेलाई सम्बोधन ग¥यो । यसरी हेर्दा सरकारभन्दा अगाडि देखिए रुद्रमान । 

सरकारले ०६७ सालमा होमस्टे कार्यविधि ल्यायो । तर, उसले गाउँ पर्यटनका नायक रुद्रमानलाई कहिल्यै सम्झेन । कार्यविधिमा सिरुबारीबाट नेपालमा 

होमस्टे सुरु भएको उल्लेख गरिएको छ । तर, कार्यविधि बनाउनेहरूले त्यहाँ क्याप्टेनसाप्को नाउँ उल्लेख गर्न किन चाहेनन् ?

जनस्तरबाट उनलाई गाउँ पर्यटनका नायकको उपाधी दिइयो । तर, राज्यले उनलाई कहिल्यै सम्झेन । अब उनी हामी माझ छैनन् । १५ फागुन २०७२ का दिन ८६ वर्षको उमेरमा उनको निधन भयो ।

ग्रामीण पर्यटनको इतिहासमा उनको नाउँ सुनौला अक्षरले लेखिएको छ । गाउँलेले सिरुबारीमा उनको प्रतिमा बनाएका छन् । त्यहाँ उनको जीवनी झल्काउने संग्रहालय आबश्यक छ । उनको जीवनकथा स्कुल÷कलेजका पाठ् यक्रममा समावेश गर्न सके मात्रै गाउँ पर्यटनका अगुवाप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।



डल्ला 
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरद्वारामा पर्यटकीय सुविधाका केही रिसोर्ट र होटल छन् । त्यहीँ पर्तिर डल्ला सामुदायिक होमस्टे छ, मधुवन नगरपालिका–१ मा (साविकको सूर्यपटुवा–४ मा) । 
Tharu-Meseumडल्लामा थारुका २२ र कुमालको एउटा घरमा होमस्टे सुविधा छ । गाउँलेहरू शिव सामुदायिक वनमा पाहुनालाई घुमाउँछन् । त्यसबाहेक निकुञ्जभित्र हात्ती सफारी गर्न सकिन्छ । गाउँलेहरूले ०६७ फागुनबाट होमस्टे चलाएका । 

निकुञ्जमा ५० भन्दा बढी व्यस्क बाघ र २९ भन्दा बढी गैंडा छन् । होमस्टेमा बसेर जंगल सफारी, गोही प्रजनन, थारु संग्रहालय र ठाकुरबाबा मन्दिर दर्शन गर्न सकिन्छ । गाउँलेहरू साँझ सामुदायिक भवनमा सांस्कृतिक कार्यक्रम देखाइन्छ । त्यसमा झुमरा, लठ्ठी, मजिरा र छोकरा नृत्य हुन्छ । 

होमस्टेमा थारु परिकार घोंगी, चिँचर, माछा, लोकल कुखुरा, मुसाको पकुवा, महुवाको रक्सी आदि पाइन्छ ।

कसरी पुग्ने : काठमाडौंबाट–ठाकुरद्वारा बसमा १४ घन्टा । पूर्व–पश्चिम राजमार्गको अम्बासाबाट १३ किमिमा ठाकुरद्वारा । ठाकुरद्वारा–डल्ला ५ किमि । नेपालगन्ज–ठाकुरद्वारा ९० किलोमिटर । 
सम्पर्क : परशुराम चौधरी–९८४४८२३३०८
अध्यक्ष, डल्ला सामुदायिक होमस्टे

ठिनी 
जोमसोम बजारबाट दक्षिणपट्टि ठिनी गाउँ (२,८६२ मिटर) छ । घरपझोङ गाउँपालिका–५ मुस्ताङमा पर्ने ठिनीमा थकाली समुदायका सय घर छन् । ठिनीमा मुलुककै पहिलो थकाली सामुदायिक होमस्टे खुलेको छ–विसं २०७४ वैशाखदेखि । गाउँका ५ घरमा होमस्टे सुविधा छ । 

Yak-danceगाउँमा निलगिरी हिमाल, हिउँचितुवा गुफा, ढुम्बा ताल, वोन गुम्बा, कुछब तेरङा गुम्बा, घरपझोङ किल्ला, स्याउ बगान, यारुझु भ्यू प्वाइन्ट, थकाली संग्रहालय आदि छन् । गुरु पद्मसम्भवसँग जोडिएको छ कुछप तेरेङगा गुम्बा । गाउँको शिरानमा रहेको घरपझोङ किल्लामा पुराना घर र दरबारको भग्नावशेष छन् । गाउँबाट तीन घन्टा हिँडे यारुझु भ्यू प्वाइन्ट (३,७५०मिटर) पुगिन्छ । 

कसरी पुग्ने : काठमाडौं–बेनी २८२ किमि । काठमाडौंबाट बसमा ९ घन्टा । बेनी–जोमसोम ७५ किमि । बसमा ६ घन्टा । अथवा पोखरा–जोमसोम हवाई यात्रा १८ मिनेट । जोमसोम–ठिनी २ किमि । ठिनीसम्मै मोटर बाटो छ । जोमसोमबाट हिँडेर ठिनी पुग्न आधा घन्टा । ठिनी–मुक्तिनाथ २२ किमि । 
सम्पर्क : सनप्रसाद थकाली–९८४७६३७९०१
अध्यक्ष, थकाली सामुदायिक होमस्टे

भादा 
थारु जीवनशैलीका लागि कैलालीको भादा गाउँ कहलिएको छ । दंगाली गुरुबा भगौती दासले थारुको मात्रै बस्ती बसालेका थिए । उनकै नाउँ भगौतीको ‘भा’ र दासको ‘दा’बाट गाउँको नाम भादा राखिएको । १३ धुरीबाट बस्ती बसालिएको भादामा आज दुई सय घर पुगिसके । 

local-means-of-transport-at-chitwan-image-buddha-airभादामा ०६७ पुसदेखि होमस्टे सुरु गरिएको । अहिले २० घरमा होमस्टे गराइन्छ । लहरू (गोरु गाडा)मा बसेर गणेश सामुदायिक वन, जोगिन्या ताल, बेहडाबाबा मन्दिर, रामेश्वर मन्दिर, सहदेवा ताल घुम्न सकिन्छ । 

थारू जातिको खानपिन, जीवनशैली, संस्कृतिले लोभ्याउँछ । गाउँलेहरू सखिया, झुमरा, मघौटा, लठौहवा, बैठक्की, मुंग्रहुवा र गुरुवा नाच देखाउँछन् । थारु परिकारमा अण्डिक भात, ढिक्रि, खेरिया, बरिया, पन्झ्रा, अण्डिक रोटी, गंगटा, घोंघी, सुँगुरको मासु, झिँगे माछा आदि परिकार हुन्छ । 

कसरी पुग्ने : काठमाडौं–धनगढी ६७५ किमि । काठमाडौं–धनगढी हवाईयात्रा १ घन्टा १० मिनेट । धनगढीबाट बेली हुँदै भादागाउँ पुग्न १७ किलोमिटर । पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किमि र झिल चौराहाबाट १२ किमि पर्छ । 
सम्पर्क : लक्ष्मीनारायण चौधरी–९७४९०२८००४ 
अध्यक्ष, भादा गाउँ सामुदायिक होमस्टे

नाम्जे 
धनकुटाको नाम्जे गाउँ मगर संस्कृतिले भरिपूर्ण छ । अमेरिकी समाचार संस्था सिएनएनले ०६८ सालमा विश्वका घुम्नैपर्ने १२ वटा गाउँको सूचीमा नाम्जेलाई राखेपछि एकाएक यो गाउँ चर्चामा आयो । 
Namje-village-yatra-magazine-buddha-air-nepal
अग्र्यानिक खाना, मगर संस्कृति र आत्मा बस्ने घर गाउँका विशेषता हुन् । मगरका पुर्खाको लास गाडिएका २१३ चिहानमा भएका ढुंगा बटुलेर अमेरिकी आर्किटेक्टले बनाएको सामुहिक चिहानलाई आत्मा बस्ने घर भनिन्छ ।

हुर्रा नाच प्रख्यात छ । गाउँ रमाइलो छ । कृषि कर्ममा भिज्न सकिन्छ । गाउँका ११ घरमा होमस्टे गराइन्छ । त्यहाँ खान र बस्न सस्तो छ ।

image-buddha-air-yatra-magazine.jpgभेडेटार हुँदै नाम्जे पुगिन्छ । भेडेटारमा कलाकार रोजन राईले बनाएको अनौठो शंखेश्वर महादेव दर्शन गर्न पाइन्छ । नाम्जेबाट धनकुटाकै राजारानी र ध्वजेडाँडा र जेफाले घुम्न जान सकिन्छ । 

कसरी पुग्ने : काठमाडौं–धरान ५५० किमि । धरान–नाम्जे २१ किमि । काठमाडौंबाट बिहान पाँच र दिउँसो तीन बजे धरान जाने डिलक्स गाडी छुट्छन् । बसमा १२ घन्टा । धरानबाट भेडेटार जान धनकुटा वा राजारानी जाने बस चढ्नुपर्छ या रिजर्भ गर्नुपर्छ ।

सम्पर्क : अनिलकुमार राना–९८४२५६३१९९
अध्यक्ष, नाम्जे सामुदायिक होमस्टे

गुम्बा डाँडा 
पूर्वको प्रख्यात तीर्थस्थल पाथीभरा जाने बाटोमा होमस्टे सुविधा छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट ४ किमि माथि गुम्बाडाँडामा । ताप्लेजुङ नगरपालिका–६ मा पर्ने डाँडामा गुरुङका ९० घर छन् । त्यहाँका १० घरमा होमस्टे गराइन्छ । गाउँमा गुरुङ संग्रहालय, महादेव पोखरी, मन्दिर, गुम्बा र ग्रामीण जीवनशैली पाइन्छ । गाउँबाट फुङलिङ बजार पनि राम्रो देखिन्छ । गाउँबाट कञ्चनजंघा हिमाल र पाथीभरा डाँडा देखिन्छ । एसएनभी नेपालको ग्रेट हिमालय ट्रेल विकास कार्यक्रमले हौस्याएपछि ०६९ देखि होमस्टे गरिएको । अग्र्यानिक परिकार पाक्छ भान्छामा । सागसब्जी, आलु, सिजन अनुसार तरकारी, किबि, स्याउ, आल्चा, नासपाती आदि खुवाउँछन् । साँझ साँस्कृतिक कार्यक्रम देखाउँछन् । 
gumba-danda-image-buddha-air-yatra-magazine
कसरी पुग्ने : काठमाडौं–बिर्तामोड बसमा १२ घन्टा । बिर्तामोडबाट बसमा फुङलिङ बजार पुग्न १० घन्टा । काठमाडौंबाट बसले २४ घन्टा लगाउँछ । फुङलिङबाट ४ किमिमा गुम्बा डाँडा । पाथीभरा पुग्न फुङलिङ–काफ्ले पाटी १७ किमि जिपमा । काफ्लेपाटीबाट ६ किमि ४ घन्टा पदयात्रा । 
सम्पर्क : हिमा गुरुङ–९८४२७६९०३३ । अगुवा, गुम्बाडाँडा सामुदायिक होमस्टे

chitlang-homestay-image-by-buddha-air-yatra-magazineचित्लाङ 
काठमाडौं नजिकैको सुन्दर गन्तव्य हो मकवानपुरको चित्लाङ । उत्तर दक्षिण फैलेको चित्लाङ उपत्यका काठमाडौं उपत्यकाबाट बाहिरिने पुरानो नाका चन्द्रागिरि भञ्ज्याङ (२,२८० मिटर) मुन्तिर छ । भञ्ज्याङबाट ६ किलोमिटर दुरीमा चित्लाङ पुगिन्छ । गाउँमा नेवार, तामाङ, क्षत्री, बाहुन र बलामीको बसोबास छ । chitlang-homestay-food--image-by-buddha-air-yatra-magazine

त्यहाँ नेपाल पर्यटन वर्ष २०११ देखि होमस्टे गराउन थालिएको । नेवार, ठकुरी र क्षत्रीका ८ घरमा होमस्टे सुविधा छ । गाउँमा केही होटल पनि छन् । 

गाउँमा हेर्ने कुरा धेरै छन् । सम्राट अशोकले ईसापूर्व २७३ मा बनाएको चैत्य छ । तलेजु भवानी कोत, सातधारा, त्रिगजुरेश्वर शिवालय, बाख्रा फार्म, स्वच्छन्द भैरव लगायत सम्पदा छन् । बाख्राको दूधबाट बनेको चिज पनि पाइन्छ । मुला, साग, आलु, भुइँस्याउ लगायत खाद्यान्न राम्रो उत्पादन हुन्छ । 

कसरी पुग्ने : काठमाडौंको थानकोट पार्कपछाडि गोदामबाट जीप चल्छन् । त्यहाँबाट चन्द्रागिरि भञ्ज्याङ हुँदै चित्लाङ पुगिन्छ । बाटो कच्ची छ । गोदाम–चित्लाङ १३ किमि । चन्द्रागिरी केवलकार चढेर भालेश्वर मन्दिर पुगेर तल चित्लाङ झर्न पनि सकिन्छ । 

सम्पर्क : राधाकृष्ण बस्नेत–९८०४३९१८८२ । 
अध्यक्ष, चित्लाङ सामुदायिक होमस्टे


ताङतिङ
हिमाली सौन्दर्य, कृषिकर्म र गुरुङ जीवनशैली पाइन्छ ताङतिङ (१६८५मिटर) गाउँमा । मादी गाउँपालिका–२ कास्कीमा पर्ने ताङतिङमा दुई सय घर छन् । अधिकांश गुरुङका हुन् भने केही घर दलितका । 
homestay-image-buddha-air-yatra-magazine
गाउँबाट अन्नपूर्ण र लमजुङ हिमाल नजिकै देखिन्छ । त्यहाँ महिलाले भाँग्रा र कम्बल बुनेका दृश्य सामान्य हुन् । बारीमा अग्र्यानिक तरकरी झुलिरहन्छन् । गाउँबाट आधा घन्टा हिँडे नौजु डाँडा भ्यू प्वाइन्ट पुगिन्छ । गाउँको गुम्बामा गौतम बुद्ध, गुरु पद्मसंभव र आर्य अवलोकितेश्वरका मूर्ति छन् । जहाँ बसेर ध्यान र पुजापाठ गर्न सकिन्छ । 

विसं ०६७ देखि गाउँमा होमस्टे थालिएको । आज १३ घरमा त्यस्तो सुविधा छ । पाहुनाको डिमान्ड अनुसार साँझ साँस्कृतिक कार्यक्रम देखाइन्छ । त्यसमा घाटु, सोरठी र लोकनृत्य हुन्छ ।

कसरी पुग्ने : काठमाडौं–पोखरा २१० किमि । बसमा ६ घन्टा । पोखराको अमरसिंह चोकबाट काहुँखोला ट्याक्सीमा १० मिनेट । काहुँखोला–ताङतिङ २७ किमि बसमा । काहुँखोलाबाट बिहान ८ र दिउसो ४ बजे बस छुट्छन् । बसमा २ घन्टा लाग्छ । 
सम्पर्क : प्रकाश गुरुङ–९८४६२९३०३६
अगुवा, ताङतिङ सामुदायिक होमस्टे

jyapu-museum-image-buddha-air-yatra-magazineज्यापु   संग्रहालय
काठमाडौं उपत्यकाका आदिवासी हुन् नेवार । विविध कला र संस्कृतिका धनी । नेवार समुदायभित्रका ज्यापु (किसान) मिहिनेती हुन्छन् । तिनै इमान्दार, कर्मयोगी किसानको चिनारी दिन्छ ललितपुरको ज्यापु संग्रहालयले । 

पाटनको च्यासल क्षेत्रमा अबस्थित ज्यापु प्रज्ञा भवनको भुइँतालालाई संग्रहालयमा रुपान्तरण गरिएको हो । जुन नेवार सभ्यता बुझ्ने राम्रो पाठशाला बनेको छ । संग्रहालयमा किसानका पहिरन, गहना, हस्तकला, खेतीपाती, जात्रापर्व, जीवनशैली झल्काउने सामाग्रि सुरक्षित छन् । खेतीपातीमा प्रयोग गर्ने कुटाकोदाला, बाजागाजा, पूजापाठका सामान, पहिरन, भाँडावर्तन, मुडुस आदि सामान सजाइएको छ ।

संग्रहालयमा लाइफ साइजका महिला र पुरुषका प्रतिमा पनि सजाइएको छ । त्यतिमात्र होइन नेपालमा पाइने विभिन्न जातजातिका डमी पनि डिस्प्ले गरिएको छ । त्यहाँ अनेकतामा एकताको भावना झल्किन्छ । 

ज्यापु समुदायको अधिकारका लागि लड्न र स्थानीय भाषा, संस्कृतिको संरक्षण गर्न विसं २०५१ सालमा ज्यापु समाज स्थापना गरिएको थियो । संग्रहालय यही समाजले स्थापना गरेको । यसको सञ्चालन ज्यापु समाजले नै गर्छ ।

संग्रहालय राम्रो पर्यटन प्रोडक्ट बनिसक्यो । त्यहाँभित्र बसेर अध्ययन गर्न कम्तिमा दुई घन्टा समय छुट्याउनु पर्छ । पाटन दरबार क्षेत्रबाट उत्तरपूर्वमा करिब ७ मिनेट हिँडेमा ज्यापु संग्रहालय पुगिन्छ ।
खुुल्ने समय : १० देखि ५ बजेसम्म
टिकट शुल्क : २५ रुपैयाँ । सम्पर्क : ५५४४५८७
Buddha Air